सन्धिखर्क नगरपालिकाले फोहोरलाई मोहर बनाउने योजना अगाडी बढायो

| २०७९ चैत १८ गते १७: ५० मा प्रकाशित

गोपाल प्रसाद भट्टराई। सन्धिखर्क नगरपालिकाले फोहोरलाई मोहर बनाउने भएको छ ।

डम्पिङसाइडलाइ प्रशोधन केन्द्र र फोहोरको वर्गीकरण गरि कुहिनेलाई  मल र नकुहिनेलाई पुनःप्रयोग र प्रशोधन मार्फत नयाँ बस्तु बनाउनेगरि फोहोरलाई मोहर बनाउने योजना अगाडी बढाएको हो । 

यो महत्त्वपूर्ण कामको जिम्मा लिएको रिमार्केबल प्रा.ली. काठमाडौका प्रबन्धक कुलानन्द बन्जाडे र सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतमा प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालबिच सम्झौतापत्र आदानप्रदान भएको छ । यसरी वैज्ञानिक रूपमा फोहोर व्यवस्थापनको काममा अर्घाखाँचीको सन्दर्भमा सन्धिखर्क नगरपालिकाले पहिलो कदम चालेको प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्