दलित समुदाय सशक्तीकरणमा दलित महिला नेतृत्वको भुमिका

| २०७९ चैत १८ गते १८: ३७ मा प्रकाशित

कमला पाेख्रेल,सन्धिखर्क।
 १७ चैत - नेपाल दलित उत्थान संघ अर्घाखाँचीको आयोजना र एफइएस नेपालको सहयोगमा दलित समुदाय सशक्तीकरणमा दलित महिला नेतृत्वको भुमिका विषयक कार्यशाला गाेष्ठी सन्धिखर्कमा शुरु भएको छ । 

वडा तथा कार्यपालिकामा रहेका दलित महिला जनप्रतिनिधिहरु सहभागी रहेको कार्यशाला गाेष्ठीकाे उद्घाटन गर्दै  समाजसेवी महिला नेतृ शान्ता भण्डारीले समाजका हरेक गतिविधिमा दलित महिलाको सहभागीता अपरिहार्य रहेको बताउनुभयो ।

उहाँले महिलाहरुलाई अगाडि बढाउन र शसक्तिकरणका लागि दलिय स्वार्थ भन्दा माथि उठेर काम गर्नुपर्ने बताउनु भएको छ । 

कार्यक्रमकाे उद्घाटन  समाजसेवी बाबुराम भुसाल, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य, दलित अगुवा तथा इन्सेक प्रतिनिधि कुल बहादुर नेपाली,  आशा परियार, मिना नेपाली, कार्यक्रम संयाेजक नारायण खत्री लगायतले मन्तब्य राख्नु भएको थियोे ।

कार्यक्रम नेपाल दलित उत्थान संघका अध्यक्ष कमल बिककाे अध्यक्षता, कल्पना बिककाे स्वागत मन्तब्य र सीता श्रीपालीकाे सञ्चालनमा सम्पन्न भएको हाे ।

प्रतिक्रिया दिनुहोस्