सन्धिखर्क आठको सिरुवार बाट एक विवाहित महिला आइतवार देखि बेपत्ता

| २०७९ चैत २० गते १६: १० मा प्रकाशित

रबि पोख्रेल ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ को सिरुवार बाट एक विवाहित महिला चैत्र १९ गते आइतवार देखि बेपत्ता एका एक भएकी छिन। 

बेपत्ता हुनेमा सिरुवार निवासी चोपलाल नेपाली की बुहारी तथा राजु नेपालीकी २२ बर्षिया श्रीमती शर्मिला नेपाली रहेकी छिन। सर्मिला नेपाली चैत्र १९ गते (आइतवार) विहान ९ बजे घरबाट निक्लिएको उनका घरपरिवारले जानकारी दिएका छन्। 

बेपत्ता हुने शर्मिलाको माइती घर खाँची रहेको बुझिएको छ। उनका श्रीमान् रोजगारीको शिलसिलामा भारत मा रहेका छन्। शर्मिला ले आफ्नो घरमा रहेको ४ बर्षिय छोरालाई छोडेर एका -एक आफ्ना घर परिवार बाट एक्कासि किन सम्पर्कविहिन भईन भन्ने बिषयमा कुनै रहस्य खुल्न सकी रहेको छैन। 

घरपरिवार ले हिंजो देखि शर्मिलाको खोजि कार्य तीव्र रुपमा गरिरहेता पनि आजको मिति सम्म उनि सम्पर्क मा नआएको उनका घरपरिवार बताउछन। 

कृपया माथि तस्विरमा देख्नु हुने विवाहित महिला शर्मिला नेपालीलाई कहिँ कतै देख्नुहुने महानुभावहरुले नजिकैकाे प्रहरी कार्यलयमा  वा 9847192163 नम्बरमा तुरुन्तै सम्पर्क गरि खबर गरिदिनुहुन अर्घाखाँचीबुलेटिन परिवार हार्दिक अनुरोध गर्दछौं। 

 

प्रतिक्रिया दिनुहोस्