सनपा ९ को वडा कार्यालय द्वारा मन्त्री शुसिला सिर्पाली लाई स्वागत तथा सम्मान (तस्विर- भिडियो सहित)

| २०८० जेठ २८ गते १६: ०० मा प्रकाशित

रमेश थापा ,अर्घा।सन्धिखर्क नगरपालिका वडा नम्बर ९ को वडा कार्यालयले संस्कृति तथा पर्यटन नागरिक उड्यन राज्य मन्त्री शुसिला सिर्पाली लाई स्वागत तथा सम्मान कार्यक्रम गरेको छ। 

उक्त स्वागत तथा सम्मान कार्यक्रम सन्धिखर्क ९ का वडा अध्यक्ष पदम भुसालको अध्यक्षतामा र प्रमुख अथिती संस्कृति तथा पर्यटन नागरिक उडयन राज्य मन्त्री शुसिला सिर्पाली ठकुरीको उपस्थितिमा सम्पन्न भएको हो। 

राज्य मन्त्री शुसिला सिर्पाली ठकुरी

स्वागत तथा सम्मान कार्यक्रममा विशिष्ट अथिती नेकपा माओवादी केन्द्र  का केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज  पुर्ब सन्धिखर्क नगर उपप्रमुख ठाकुर कुमार बि.क (किशोर ) ,भुमी आयोग सदस्य छ्म कुमारी  खनाल ,दाङ नेकपा माओवादी क्रेन्द्र कि नेता पुनम सिर्पाली, र अथिति हरु मा स.न.पा कार्यपालिका  सदस्य सुर्य बि.क ,वडा सदस्य हरु नारायण रायमाझी ,देबि खड्का ,सिमा परियार  राजनीति दल का नेता हरु नेपाली कांग्रेस का ९ नम्बर का सभापति नारायण खत्री ,माओवादी का ९ नम्बर पार्टी अध्यक्ष बेदुराम भुसाल , नेकपा मसाल का नेता पोम नारायण पौडेल पत्रकार संघ को जिल्ला सदस्य  बसन्त  बि.क अर्घाखाँची बुलेटिन का पत्रकार  रमेश थापा को उपस्थिति रहेको थियो। 

स्वागत तथा सम्मान कार्यक्रम

साथै कार्यक्रममा अम्मर  परियार, मणिराम भुसाल लगाएत थुप्रै आथिती हरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ। मन्त्री शुसिला सिर्पाली ले अर्घाको मसुरेपाटा मा सहिद स्मृति पार्क बनाउन को नब्बे लाख रकम को योजना पार्न सफल भएको जानकारी समेत दिनु भएको छ।

स्वागत तथा सम्मान कार्यक्रम 

पार्क बनाएर सुप देउराली मा आउने पर्यटन हरु लाई अर्घा भगवती मन्दिर मा ल्याउने अनि मसुरेपाटा को पार्क मा घुमेर जाने बताउनु भयो।कार्यक्रम को संचालन सचीव कुलदिप पोख्रेल ले गर्नु भएको थियोे।

प्रतिक्रिया दिनुहोस्