अर्घा वार्ड कार्यलयमा आव.२०८०/०८१ को बजेट बिनियोजन कार्यक्रम सम्पन्न (तस्विर सहित)

| २०८० असार ३ गते १६: ०० मा प्रकाशित

हरिशचन्द्र बिश्वकर्मा,अर्घा। आर्थिक बर्ष २०८०/०८१ को  बार्षिक योजना तुर्जमा आज स.न.पा. ०९ अर्घा वार्ड कार्यलयमा बजेट बिनियोजन कार्यक्रम सम्पन्न ।  

स.न.पा. ०९ अर्घा वार्ड कार्यलयमा बजेट बिनियोजन कार्यक्रम

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ०९ अर्घा को वार्ड कार्यलयमा आज हुन गहिरहेको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक  योजना तुर्जमा सुझाव संकलन,छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

अर्घा वार्ड कार्यलयमा बजेट बिनियोजन कार्यक्रम

आर्थिक बार्षिक योजना संकलन,छनौट तथा प्राथमिकरण अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हुँदा स्थानीय राजनैतिक दलका प्रमुख,सामाजिक संघ सस्थाका प्रमुख (बिधालयका प्रधानाध्यापक ),स्थानिय युवा क्लबका अध्यक्ष ,आमा समुह,महिला समुहका अध्यक्ष ,कृषक समुहका अध्यक्ष,महिला स्वयंसेबिका प्रमुख वा प्रतिनिधि ,अपांगता सम्बद्ध  सरोकारवाला महानुभाव,सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष,धार्मिक तथा ऐतिहासिक स्थलका अध्यक्ष,स्थानिय पत्रकार,जिल्ला प्रहरी का सुरक्षा कर्मी  युवा,किसान,महिला, ज्यामी,दलित तथा बिपन्न बर्ग भित्रका सम्पुर्ण  महानुभाव ज्युहरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्