अर्घाखाँचीको अर्घामा बँदेल र बाँदर आतंक

| २०८० सावन ७ गते १७: २९ मा प्रकाशित

मोहन राउत ,अर्घा। जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ मा बँदेल ,दुम्शी र बाँदर आतंक फैलिएको छ। 

गय राति मात्र सन्धिखर्क ९ को अर्घा गर्लाममा बँदेल ,र दुम्शीले बारीका मकै खाएर नष्ट पारिदिएको छ। बास्तिबक कृषि पेशा मा निर्भर किसानहरुको यो समस्या ले दुम्सी, बादर , बदेल आतंक बाट त्रासीत छन्।

बँदेल ,दुम्शी र बाँदर आतंक

बिगतका बर्षहरु मा पनि अर्घाका बिभिन्न स्थानमा जंगली जनावर बँदेलले आतंक मच्चाईरहेको बिषय सम्बन्धित निकाय लाई राम्रो संग थाहा छ। तर कृषकहरु लाई नै निरुत्साहित पार्ने गरि सम्बन्धित निकायले बँदेल र बाँदर आतंकको रोकथाम प्रक्रियालाई प्राथमिकता नदिंदा कृषकहरु एकदमै चिन्तित देखिन्छन। 

 

 

प्रतिक्रिया दिनुहोस्