कर्मचारी मिलन केन्द्र अर्घाखाँचीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

| २०८० भदौ २९ गते २०: २८ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची। 
भाद्र २९-कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अबसरमा शुभकामना आदानप्रदान तथा तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ।
 
सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ तथा नगरउपप्रमुख मिश्रा आचार्यले संयुक्त रुपमा ब्यानर पढी कार्यक्रमको उदघाटन गरेका थिए ।

 कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौर, कर्मचारी मिलन केन्द्रका अध्यक्ष सन्तोष खनाल ,प्रशासकीय अधिकृत नुमलाल पन्थी ,शिक्षा तथा समन्वय इकाई प्रमुख मनिराम पराजुलीज जनस्वास्थ अधिकृत गणेशराज पौडेल , समाजसेवी तथा कर्मचारी मिलन केन्द्र का पुर्ब अध्यक्ष दल बहादुर केसि , रास्ट्रिय बाणिज्य बैंक सन्धिखर्कका प्रबन्धक गुणानिधि भुसाल ,आधिकारिक ट्रेड युनियनका अध्यक्ष कृष्ण बर्मा , नेपाल निजामती कर्मचारी सङठनका अध्यक्ष गणेश भन्डारी रास्ट्रिय कर्मचारी सङठनका अध्यक्ष यादव सापकोटा कर्मचारी मिलन केन्दका पदाधिकारी तथा सदस्यहरु  विभिन्न कार्यालयका कार्यलय प्रमुखहरु विभिन्न कार्यालयका महिला कर्मचारीहरु  तथा नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्