अर्घाखाँचीमा पहिलो पाइला नेपालद्धारा विद्यार्थीलाई भाग्य बोक्ने झोला वितरण

| २०८० भदौ ३० गते १९: ०४ मा प्रकाशित

श्याम घिमिरे ,सन्धिखर्क। 
भदाै ३०- अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडानम्बर ३ मा  विद्यार्थीलाई भाग्य बोक्ने झोला वितरण गरिएको छ । पहिलो पाइला नेपालले भूमिकास्थान ३ मा रहेको सिद्धार्थ आधारभूत विद्यालय र शंकर जनसेवा आधारभूत विद्यालयमा अध्ययनरत् १ सय १० जना गरिब, असहाय र अति विपन्न विद्यार्थीलाइ भाग्य बोक्ने झोला वितरण गरेको संस्थाका बुटबल शाखा उपाध्यक्ष सन्तोष बन्जाडेले जानकारी दिनुभयो  ।

कार्यक्रममा प्रत्येक विद्यार्थीलाई एक सेट झोला, एक दर्जन कापी, एक दर्जन पेन्सिल, तथा सरसफाइ सामग्री अन्तर्गत खाजा राख्ने टिफिन, पानी खाने बोतल, ब्रस, मन्जन, नेलकटर र  रुमाल प्रदान गरिएको पहिलो पाइला नेपालका केन्द्रीय महासचिव विनोद महतले बताउनुभयो ।

 शैक्षिक सामग्री तथा सरसफाइ सामग्री प्राप्त गरेपछि आफूहरुलाई खुसी लागेको बिद्यार्थीहरुको भनाई रहेको थियो । कार्यक्रम संस्थाका बुटबल शाखा  अध्यक्ष बिनाेद बस्यालकाे  अध्यक्षातामा सम्पन्न भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्