अर्घा दिप ज्योति युवा क्लब द्वारा आयोजित खुल्ला क्रीकेटको उपाधि "द ब्लु स्काई"लाई

| २०८० कार्तिक ३ गते ००: ५७ मा प्रकाशित

रमेश थापा ,अर्घा। अर्घाखाँची जिल्ल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ मा रहेको "अर्घा दिप ज्योति युवा क्लब द्वारा आयोजित खुल्ला क्रीकेट खेल कार्तिक २ गते सम्पन्न भएको छ। 

उक्त सम्पन्न कार्यक्रम को अध्यक्षता मनोज खत्री को रहेको  थियो भने प्रमुख अथिती स.न.पा.९ का वडा अध्यक्ष पदम बहादुर भुसालको रहेको थियो। 

त्यसै गरि विशिष्ट अथितीमा स.न.पा.कार्यपालिका सदस्य सुरज बि.क ,अथिती हरुमा नेकपा एमाले ९ नम्बर  वडा कमिटी अध्यक्ष तुल्सिराम रायमाझी ,नेकपा माओवादी केन्द्र का ९ नम्बर वडा कमिटी अध्यक्ष बेदुराम भुसाल ,नेपाली कांग्रेस ९ नम्बर वडा सभापति नारायण खत्री ,रा.ज.मो का ९ नम्बर  कमिटी अध्यक्ष अम्बर बहादुर कार्की , क्षेत्री  समाज का केन्द्रिय सदस्य झबिन्द्र खड्का ,स.न.पा ९ का वडा सचीव कुल्दिप पोख्रेल, करण भुसाल, यात्री थापा,शिक्षक छबिलाल भुसाल लगायतका ब्याक्तित्वहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। 

लगातार तीन दिन देखि चलेको क्रीकेट खेलमा सहभागी खेल १६ टिम दर्ता भएका थिए १६ टिम लाई पछि पार्दै द-ब्लु स्काई युवा क्लब सन्धिखर्क ले प्रथम स्थान हाँसिल गरेको छ भने आयोजक दिप ज्योति युवा क्लब ले दोश्रो स्थान हाँसिल गरेको छ।

खेलाडीहरुलाई प्रथम पुरस्कर रु २५०००|- (पच्चिस हजार ) र  मेडल  प्रमाणपत्र ट्र्फी ,द्रोस्रो पुरस्कर रु १५०००|- (पन्द्र हजार ) र मेडल प्रमाणपत्र ट्रफी  स.न.पा.९ का वडा अध्यक्ष पदम बहादुर भुसाल को हात बाट टीका लगाई पुरस्कर वितरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्