अर्घाखाँचीबुलेटिनको तीज फोटो प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्ने ठकुरीद्वारा बौद्धिक अपांगता भएका बालबालिकालाइ खाद्यान्न सामाग्री प्रदान

| २०८० मंसिर १८ गते ०३: ४६ मा प्रकाशित

केशब पन्थी,सन्धिखर्क। गत तिज अर्थात २०८० कि तिजमा अर्घाखाँची बुलेटिनले कला संकृतिको जगेर्ना गर्ने हेतुले महिला दिदीबहिनी हरुको महान चाड हरितालिका तीज बिशेष फोटो प्रतियोगिताको आयोजना गरेको थियो। 

जस फोटो प्रतियोगितामा १०५६ जनाले सहभागिता जनाउनु भएकोमा शारदा ठकुरि हमालको फोटोले १०५५ जनालाइ पछि पार्दै प्रथम स्थान हाँसिल गरेको थियो । 

दर्शक श्रोताको लाइक ,कमेन्ट ,सेयर र निर्णयक मन्डलको निर्णयलाई आधार मानी १०५६ जनाबाट ठकुरीको फोटोले प्रथम स्थान हँसिल गरेको थियो । 

प्रमाणपत्र र पुरस्कार ग्रहण गर्दै गर्दा स्वास्थ्य कर्मी समेत रहेकी सारदा हमाल ठकुरीले आफुले प्राप्त गरेको पुरस्कार नगदमा हुन्थ्यो भने निर्मल नबज्योती सुस्त मनस्थिति बिद्यालयका बालबालिकालाइ दिनेथिए तर पुरस्कारमा मोबाइल प्राप्त भएकोले अब आफुले बुझ्ने १ महिनाको तलब बराबरको सामाग्री किनेर दिने घोषणा गर्नु भएको थियो । त्यहि घोषणालाई पुर्णता दिंदै ठकुरीले मङ्सिर १५ गते अर्घाखाँचीको सन्धिखर्क १ मा रहेको उक्त बिद्यालयमा लागि खाद्यान्न सामाग्री  उक्त बिद्यालयकी प्रधानाध्यापक कमला भुसाललाई प्रदान गर्नु भएको थियो। 

खाद्यान्न सामाग्री  उक्त बिद्यालयकी प्रधानाध्यापक कमला भुसाललाई प्रदान

यसै बिच स्वास्थ्य कर्मी ठकुरीले आउँदा  दिनमा पनि  उक्त विद्यालयका बालबालिकालाइ आफु सक्दो सहयोग गर्दै जाने बताउनु भएको छ । २४ जना बौद्धिक अपाङ्गता भएका बालबालिका  रहेको उक्त विद्यालयमा सरकारबाट प्राप्त आर्थिक प्रयाप्त नभएको प्रधानाध्यापक भुसालले बताउनु भयो । ठकुरीले प्रदान गरेको खाद्यान्न  सामाग्रीले केही भए पनि राहात मिलेको भन्दै भुसालले खुसी ब्यक्त गर्नु भयो । 

नवज्योति बिधालय 

साथै भुसालले कसैले सहयोग गर्न चाहेमा विद्यालयमै आएर सहयोग गर्न सक्ने र उक्त सहयोग बौद्धिक अपांगता भएका बालबालिकाको लागि प्रयोग हुने र सानो सानो सहयोगले पनि ठूलो राहत हुने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्