बाँगी खोला किनारमा खेतिपाती

| २०८० मंसिर २४ गते १४: ५३ मा प्रकाशित

केशब पन्थी ,सन्धिखर्क। परनिर्भरताले थिलोथिलो बनेको परिबेशमा बाँगी खोलाका बिशेष गरि अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको बजार क्षेत्र भएर बग्ने बाँगी खोलाको किनारमा तरकारी खेती गरिएको पाइएको छ।

नजिकै घर भएकाहरुले हिउँदको समयमा खोला सानो स्थानबाट बग्ने र खोला किनारमा थुप्रीएको बालुवामा माटो र मल हाली तरकारी खेती गरेको पाइएको छ। 
यसरी नै जहाँ खाली जमिन छ त्यहा जसको जागर छ त्यसैले खेतीपाती गर्न पाउने नीति स्थानिय देखि प्रदेश हुँदै केन्द्र सरकारले पनि नीति ल्याइ जागरिला जनतालाइ अघि बढने प्रेरणा प्रदान गर्ने हो भने परनिर्भता त्यसैमा बाहिरी देश बाट खाद्यान्न र तरकारी आयात कमि हुने पक्का छ । 

तर सार्बजनिक जग्गालाई आफुखुसी प्रयोग गर्दा भोलि हामिले खेती गर्दै आएको हो भनी त्यहिबाट बाध थाप्ने र आफ्नो हो भन्दै दाबी गर्ने प्रबृत्ति नेपालमा धेरै स्थानमा भएको देखिन्छ । 

त्यसैले स्थानिय सरकारले पनि आफ्नो क्षेत्रमा रहेका खाली जमिनमा सके जग्गा धनिलाइ नभए त्यो ब्यक्तिसङ्ग समन्वयकारी भुमिका खेलेर जागर हुने र खेतिपाती गर्न चाहाने ब्यक्तिलाइ सके निसुल्क नभए केही भाडा दिएर  उत्पादन मुखी अभियान लाइ अगाडी  बढाउनु पर्ने देखिन्छ । अर्घाखाँचीमा त्यस्ता खाली खेतीयोग्य जमिन गाउँ देखि सहर सम्म बाझिएका छ्न ।

प्रतिक्रिया दिनुहोस्