सन्धिखर्क बाट हराएका चार बालबालिका फेला परे

| २०८० मंसिर २४ गते १५: ०३ मा प्रकाशित

पूजा कुँवर ,सन्धिखर्क। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १० बाट हराएका चार बालबालिका फेला परेका छन ।

फेला पर्नेमा शितगंगा नगरपालिका ३ कि ५ वर्षिय प्रियंका नेपाली उनका दाजु ११ वर्षिय शिशिर नेपाली र रोल्पा जिल्लाको लिबाङ नगरपालिका ४ का बिष्णु नेपाली,अस्मीता नेपाली रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी बिक्रम रिजालले बताउनुभयो ।हिजो (शनिबार) बिहानबाट हराएका बालबालिका भेटिएका हुन।

उनीहरुका अभिभावकले सन्धिखर्क १० को माटे  स्थित बाँगी खोलामा आफ्नो दैनिकी चलाउनको लागि काम गदै आएका थिए ।

बालबालिका हराए पछि प्रहरीमा खबर गरिएकोमा आज सन्धिखर्कका विभिन्न ठाँउबाट उनीहरुलाई फेला पारिएको हो । प्रहरी चौकी अर्घा बिहारबाट खटिएको प्रहरी टोलीले फेला पारी उनीहरुलाई परिवारको जिम्मा लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्