डोलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि. सन्धिखर्क द्वारा जनता आधारभुत बिधालयका बिद्यार्थीलाई झोला वितरण

| २०८० मंसिर २५ गते १६: २५ मा प्रकाशित

सागर मरासिनी , सन्धिखर्क । अर्घाखाँची जिल्लाको सन्धिखर्क ०२ मा रहेको डोलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि. ले आज एक कार्यक्रम गर्दै जनता आधारभुत बिधालय सन्धिखर्क ०८, नेपालीचौर मा रहेका सम्पुर्ण बिद्यार्थीलाई झोला वितरण  गरेको छ ।

बिधालयले आयोजना गरेको उक्त कार्यक्रममा सन्धिखर्क नगरपालिका ०८ का वडा अध्यक्ष हुम प्रसाद बन्जाडे को प्रमुख आतिथ्यता , डोलेश्वर बहुउद्देश्यीय सहकारी संस्थाका संचालक समिती अध्यक्ष मोतिराज शर्मा , उक्त संस्थाका कार्यालय प्रमुख दिपक केसि को विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा अतिथिहरु अर्घाखाँची बुलेटिन डटकम का  प्रधान सम्पादक सागर मरासिनी , रेडियो अर्घाखाँची का स्टेशन म्यानेजर गोपाल भट्टराई , रेडियो अभ्यास का स्टेशन म्यानेजर अर्जुन भुसाल रहनुभएको थियो ।

कार्यक्रममा उक्त बिधालयमा अध्ययनरत करिव ९० जना बिद्यार्थीहरुलाइ झोला वितरण गरिएको हो । कार्यक्रममा अभिभावक , शिक्षा प्रेमी र बिद्यार्थीको उल्लेखनीय सहभागीता रहेको थियो ।

बिधालय व्यवस्थापन समिती अध्यक्ष शिव पोख्रेल को अध्यक्षता , प्रधानाध्यापक गिता बन्जाडे को स्वागत मन्तव्य र शिक्षक केशव पोख्रेलको संचालन मा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्