जनयुद्ध दिबसको पुर्बसन्ध्यामा सदरमुकाम सन्धिखर्कमा क्रान्तिकारी कम्युनिस्ट पार्टीद्धारा दिप प्रज्जवलन कार्यक्रम सम्पन्न

| २०८० माघ २९ गते १९: ४८ मा प्रकाशित

पूजा केसि,अर्घाखाँची ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति अर्घाखाँचीले आज सदरमुकाम सन्धिखर्कमा  २९ औं  जनयुद्ध दिबसको पुर्बसन्ध्यामा सदरमुकाम सन्धिखर्कमा दिप प्रजलबन कार्यक्रम सम्पन्न गरेको छ ।

दिप प्रजलवन पछि भएको कोणसभालाई सम्वोधन गदै नेता योगेन्द्र चौहानले देशमा परिबर्तन ल्याउनको लागि जनयुद्धको महत्वपुर्ण भुमिका रहेको  र जनयुद्धलाई विभिन्न तौर तरिकाबाट व्याख्या गरेर सहिद परिबार , घाइते परिबार,बेपत्ता परिबारको सपनालाई कुल्चेर देशी विदेशी शक्तिको आडमा क्रान्तिकारी माथि दमन गरे त्यसको प्रतिरोध गर्ने बताउदै क्रान्तिकारीहरु जहिले पनि शक्ति केन्द्रको सामु नझुक्ने, जिल्लामा भ्रष्टाचार अत्यचार गर्नेलाई जनताले जुनसुकै तबरबाट कारवाही गर्ने, कारवाही को निशानामा दलाल भ्रष्ट रहेको बताए ।

 कार्यक्रम पार्टीका नेता गोविन्द खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्