स्वरोजगार लघुवित्त वित्तीय संस्थाको आयोजनामा दुइदिने व्यवसायीक पशुपालन सम्बन्धी तालीम सुरु

| २०८० फागुन २ गते २०: ५९ मा प्रकाशित

हरिश्चन्द्र बिश्वकर्मा ( अर्घाखाँची बुलेटिन)
फागुन २, अर्घाखाँची। अर्घाखाँची जिल्ला को सन्धिखर्क मा स्वरोजगार लघुवित्त वित्तीय संस्थाको आयोजनामा दुई दिने व्यवसायीक पशुपालन सम्बन्धी तालीम सन्धिखर्क ०२ को साथी होटेल मा सुरु भएको छ ।

तालीमको सन्धिखर्क नगरपालीका २, नम्वर वडाका वडाअध्यक्ष मोतिजंग रायमाझीले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष रायमाझीले घरमा परम्परागत रुपमा पशुपालन गरिराखीएको भएतापनि तालीमले आधुनिक र बैज्ञानिक ढंगबाट पशुपालन गर्न सिकाउने भन्दै तालीममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो । रायमाझीले तालीमले व्यापार गर्न , आयश्रोत बढाउन र व्यक्तिलाई आत्मनिर्भर बनाउन मद्दत गर्ने भन्दै तालीम अयोजना गर्ने संस्था स्वरोजगार लद्युवित्तको मुक्तकण्ठले प्रसंसा समेत गर्नु भएको थियो  ।

उक्त तालीममा पशुपालनको महत्व,पशुका जातहरु,पशुको बर्गीकरण,गोठ व्यवस्थापन,प्रजनन् व्यवस्थापन, पशुकोलागी चाहीने आहारा, घाँस, पशु स्वास्थ्य, पशुमा लाग्ने रोग, पशुको स्वास्थ्थ व्यवस्थापन, जेनेटिक रोगलगायतको बारेमा सहजीकरण गरिने तालीकमा मुख्य प्रशिक्षक प्रदिप आचार्यले बताउनु भएको थियोे । आज र भोलीगरी दुइदिनसम्म सञ्चालन हुने तालीममा ७० जनाको सहभागीता रहेको थियो ।

 स्वरोजगार लघुवित्त वित्तीय संस्थाको आयोजनामा दुई दिने व्यवसायीक पशुपालन सम्बन्धी तालीम

कार्यक्रममा संस्थाका अर्घाखाँची शाखा प्रमुख विशाल अर्याल, केन्द्रकी सदस्य नर्मिला सेजवाल,लगायतले मनतव्य राख्नु भएको थियो । भने सन्धिखर्क  एफ.एम. का पत्रकार श्याम घिमिरे , अर्घाखाँची बुलेटिनका संवादाता हरिश्चन्द्र बिश्वकर्मा  लगायतको उपस्थित रहेको थियो । 

जिल्ला भर १०८ केन्द्र रहेको संस्थामा हाल १ हजार तिनसय ९७ जना सदस्यहरु रहेको संस्थाका शाखा प्रमुख विशाल अर्यालले जानकारी दिनुभयो । नेपाल सरकार बाट मान्यता प्राप्त (घ)बर्गको लघुवित्तले बचतसेवा, ऋण सेवा, रेमिट्यान्स सेबा, सिपमुलक तालिम, दैवि प्रकोपमा आर्थिक सहयोग गर्ने जस्ता सामाजिक कामहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्