स्वरोजगार लघुवित्त वित्तीय संस्थाको आयोजनामा दुइदिने व्यवसायीक पशुपालन सम्बन्धी तालीम सम्पन्न

| २०८० फागुन ३ गते २२: ३५ मा प्रकाशित

हरिश्चन्द्र बिश्वकर्मा ( अर्घाखाँची बुलेटिन)
फागुन ३ , अर्घाखाँची।अर्घाखाँची जिल्ला को सन्धिखर्क मा स्वरोजगार लघुवित्त वित्तीय संस्थाको आयोजनामा दुई दिने व्यवसायीक पशुपालन सम्बन्धी तालीम सन्धिखर्क ०२ को साथी होटेल मा फागुन ०२ गते देखि सुरु गरिएको थियो ।

यस कार्यक्रममा आज फागुन ०३ गते  केन्द्रिय कार्यालय बाट आहुनु भएका अनुगमन अधिकृत अनुपम पन्तले प्रमाण पत्र बितरणका साथै लघुबित्तको उद्देश्य संस्ताले तालीम दिनुको उदेश्य व्यावसायिक बन्नुका फाईदा तथा लघुबित्त क्षेत्रमा देखिएका विभिन्न भ्रामक समाचारको बारेमा प्रस्त पार्नु भएको थियो । 

उक्त तालीममा पशुपालनको महत्व,पशुका जातहरु,पशुको बर्गीकरण,गोठ व्यवस्थापन,प्रजनन् व्यवस्थापन, पशुकोलागी चाहीने आहारा, घाँस, पशु स्वास्थ्य, पशुमा लाग्ने रोग, पशुको स्वास्थ्थ व्यवस्थापन, जेनेटिक रोगलगायतको बारेमा सहजीकरण गरिने तालीकमा मुख्य प्रशिक्षक प्रदिप आचार्यले बताउनु भएको थियोे । आज र भोलीगरी दुइदिनसम्म सञ्चालन हुने तालीममा आज ९२  जनाको सहभागीता रहेको थियो ।

आज को कार्यक्रममा संस्थाका अर्घाखाँची शाखा प्रमुख विशाल अर्याल, ज्यु ले भब्य र सभ्य रुपमा  कार्यक्रम समापन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्