अर्घाखाँची दिगो बिकास केन्द्रद्वारा नि:शुल्क आखाको मोतियाबिन्दु सल्यक्रिया शिबिर शुरु

| २०८० फागुन १४ गते १५: ०७ मा प्रकाशित

 अर्घाखाँची। 
फाल्गुन १४- नेत्रज्योति संघ जिल्ला शाखा अर्घाखाँचीको समन्वयमा अर्घाखाँची दिगो बिकास केन्द्रद्वारा निशुल्क आखाको मोतियाबिन्दु सल्यक्रिया शिबिर नेत्रज्योति संघ अर्घाखाँचीमा शुरु भएको छ दुई दिन सम्म चल्ने शिबिरमा १०० जनाको मोतियाबिन्दुको अप्रेसन गरिने तथा ३०० भन्दा बढिको आखा जाँच गरिने भएको छ ।

 बिगत ३ बर्ष देखी समाजमा रहेका  दृस्टी बिहिन आखाको अपाङ्गता भएका असाहय गरिबी तथा अशक्त आखाका बिरामीहरु लाई  दिगो बिकास केन्द अर्घाखाँचीले निशुल्क रुपमा सेवा गर्दै आइरहेको छ ।
  
सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा शुरु शिबिरको उदघाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल , केन्द्रका अध्यक्ष जय बहादुर टन्डन , उपाध्यक्ष डा, मुक्ति राम श्रेष्ठ , जिल्ला स्थित शुरक्षा निकायका प्रमुखहरु , जिल्ला समन्वय समितिका सदस्य लक्ष्मण कडेल ,सन्धिखर्क नगरपालिका वडा न. १ का वडा अध्यक्ष माधब श्रेष्ठ , नेत्रज्योति संघ लुम्बिनी प्रदेश सदस्य नेत्र प्रसाद भुसाल ,नेत्र विशेषज्ञ सुचन कुमार पुन पत्रकार महासंघका अध्यक्ष अशोक खनाल तथा सन्चारकर्मी सागर महत लगायतको उपस्थित रहेको थियो ।कार्यक्रमका शिबिर संचालनमा सहयोग पुर्याउने ब्याक्तित्वहरु लाई कदरपत्र द्वारा संमान गरिएको थियो ।
 
नेपाल नेत्रज्योति संघ जिल्ला शाखाका अध्यक्ष दल बहादुर केसीको अध्यक्षतामा शुरु कार्यक्रममा उपाध्यक्ष लिलाराम गौतमको स्वागत मन्तव्य तथा शाखा प्रमुख सागर घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्