स्मार्ट कृषि गाउँ सन्धिखर्कको सार्वजनिक करण

| २०८० फागुन १४ गते १९: ५९ मा प्रकाशित

प्रेमनारायण आचार्य ,सन्धिखर्क। 
१४ फागुन - सन्धिखर्क स्मार्ट कृषि गाउँ समिति सन्धिखर्क १ र २ काे सार्वजनिक करण कार्यक्रम सम्पन्न भएको छ । आर्थिक बर्ष  २०८०/८१ मा गरिने कार्यक्रमहरुकाे सार्वजनिक करण कार्यक्रम सम्पन्न भएको हाे ।

यस  बर्ष  व्यवसायीक तरकारी खेती अन्तर्गत तरकारीको बिउ वितरण, प्रविधि खरिद, प्लास्टिक टनेल निर्माण, जस्ता विभिन्न  कार्यक्रम गरिने स्मार्ट कृषि गाउँ समिति सन्धिखर्कका अध्यक्ष प्रेमनारायण भुसालले जानकारी गराउनु भएको थियोे ।
 
कृषकको ५० प्रतिशत लागत साझेदारीमा यश बर्ष  ४५ लाखकाे लागतमा कृषकमुखी विभिन्न कार्यक्रम सञ्चालन गरिने सस्थाका अध्यक्ष भुसालको भनाइ छ । यश कार्यक्रमबाट ५६ जना कृषकहरु लाभान्वित हुँदै आएका छन् । 

प्रेमनारायण भुसालको अध्यक्षता र दिपक नेपालीको सञ्चालनमा सम्पन्न भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्