प्रकाश स्मृति क्रिकेट शुरु: खेलले राष्ट्र जिल्ला चिनाउँछ आचार्य

| २०८० फागुन १४ गते २३: १५ मा प्रकाशित

गणेश खनाल, अर्घाखाँची । प्रथम प्रकाश महत स्मृति कप खुल्ला क्रिकेट प्रतियाेगिता साेमवार (आज)देखि सन्धिखर्ककाे टुडिखेलमा सुरू भएकाे छ ।

खेलकाे लुम्बिनी प्रदेश सभा सदस्य पुर्व मन्त्री तथा नेकपा एमाले केन्द्रीय सदस्य चेतनारायण आर्चायले एक समारोह विच उढ्घाटन गरेका छन् ।
कार्यक्रममा मन्तव्य राख्दै आर्चायले भाैतिक रूपमा हामी प्रकाश नरहेता पनि हामिले सधै जिवन्त राख्ने गरि काम गर्ने बताए । प्रत्येक वर्ष खेलकाे आयाेजना गरि उहाँलाइ सम्झने गरि खेलकुद महाँसघले स्मृति कप खेल गरिने आर्चायकाे भनाइ रहेकाे छ ।

नेता आर्चायले खेलले जिल्ला देखि राष्ट्रलाई समेत परिचित गराउने भएकाले दत्तचित्त भएर खेल क्षेत्रमा राख्न युवाहरूलाई आग्रह गरे । गत वर्ष फागुन ७ गते खेलकुद महाँसघकाे महाधिवेशनमा सहभागी भई निवासमा जाने क्रममा दुर्घटना परि प्रकाशकाे मृत्यु भएकाे थियाे ।कार्यक्रममा जिल्ला समन्वय समितिकाे प्रमुख जिवनारायण काेइराला,सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ,खेलकुद विकास समितिका अध्यक्ष विष्णु क्षेत्रि,पत्रकार महाँसघ प्रदेश सदस्य प्रेमनारायण आर्चाय लगायतले शुभकामना मन्तव्य राखेका थिए ।नेपाल खेलकुद महासंघ जिल्ला कमिटी अर्घाखाँचीले आयाेजना गरेको प्रथम “प्रकाश महत स्मृति” क्रिकेट प्रतियोगितामा १३ टिमकाे सहभागिता रहेकाे छ ।

पहिलो दिनकाे खेलमा ईलाभेन ब्रदर्स डिभर्ना “बि” ले युएसिसि अर्घा माथि २ विकेटकाे जित निकालेकाे छ । 

प्रतिक्रिया दिनुहोस्