अर्घामा सहिद स्मृति पार्क को शिल्यानास : होम स्टेपनि निर्माण गरिदै (तस्विर भिडियो सहित)

| २०८० फागुन १५ गते १९: ३३ मा प्रकाशित

रमेश थापा ,अर्घा। अर्घाखाँची  जिल्ला सन्धिखर्क नगरपालिका वडा नं.-९ स्थित  मसुरपाटा देखी माथी मगाथुम मा  सहिद स्मृति पार्क बन्ने भएको छ। 

सहिद स्मृति पार्क बन्ने

उक्त पार्क को आज एक कार्यक्रम बीच माननीय पर्यटन तथा नागरिक उड्ययन राज्य मन्त्री श्री शुशिला श्रीपाली ले शिल्यानास गर्नु भएको छ।

शिल्यानास

उक्त पार्कको  निर्माण कार्य बहु बर्षे भएकोले दुई बर्ष भित्र सम्पन्न हुने मन्त्री श्रीपाली ले बताएकी छिन।

 बजेट बोर्ड 

पहिले परेको बजेट अर्घाखाँची भित्र का ४/५ विकास निर्माणका क्षेत्रमा खर्चिनु पर्ने भएकोले यस पार्कको निर्माण कार्य सम्पन्न अबको दुई बर्ष भित्र हुने बताउनु भयो। 

पर्यटन तथा नागरिक उड्ययन राज्य मन्त्री श्री शुशिला श्रीपाली

सहिद स्मृति पार्क बनाउने उदेश्य भनेको सहिदहरुको सम्झना को लागि र बाहिरी पर्यटकहरु भित्राउने मुख्य  उदेश्य रहेको उनले बताईन ।,साथै होम स्टे को पनि निर्माण गर्ने बताएकी छिन। अर्घाखाँची का गन्धर्व समुदाय र पन्चे बाजा समुह लाई अर्घामा निर्माण गरिने होम स्टेमा उत्कृष्ट पोशाक सहित रोजगारी दिने ,यसो गर्दा कलासंस्कृतिको पनि जगेर्ना हुने र आन्तरिक बाह्य पर्यटकहरु पनि वृहत रुपमा भित्राउन सफल बनिने बताएकी छिन। 

उक्त  शिल्यानास कार्यक्रममा उपमेयर मिश्रा आचार्य ,नेता ठाकुर कुमार बिक,सन्धिखर्क १० का वडा अध्यक्ष मोहन सिंह ठकुरी ,सन्धिखर्क ९ का वडा अध्यक्ष पदम बहादुर भूसाल ,लगायतका स्थानीय संचार कर्मी र सामाजिक व्याक्तित्व हरुको उपस्थिति रहेको थियो।  

प्रतिक्रिया दिनुहोस्