अर्घाखाँचीको सन्धिखर्कमा विपत् न्यूनीकरणका लागि डेमो अभ्यास प्रदर्शन

| २०८० फागुन १८ गते २१: ०० मा प्रकाशित

सुर्य भुसाल,अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्कमा विपत् न्यूनीकरणका लागि डेमो अभ्यास प्रदर्शन गरिएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँची,  ईश्वरी बक्स गुल्म जिल्ला प्रहरी कार्यालय अर्घाखाँची, सशस्त्र प्रहरी बल ३६ नम्बर गुल्म अर्घाखाँचीको संयुक्त आयोजनामा डेमो अभ्यास प्रदर्शन  गरिएको हो । 

जिल्लामा आगलागी नियन्त्रण तथा विपद प्रतिकार्य जोखिम न्यूनीकरण सम्बन्धी उक्त डेमो अभ्यास प्रदर्शनी गरिएको कार्यक्रमका प्रमुख अतिथि सन्धिखर्क नगरपालिकाका प्रमुख   कृष्णप्रसाद श्रेष्ठले बताए ।

 शुक्रबार नेपाली सेनाको अगुवाइमा र जिल्ला विपद व्यवस्थापन समितिको संयुक्त सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी कमल राज ढकालले गरेका थिए । 

 कार्यक्रमले जिल्लामा हुने कुनै पनि बाढी, पहिरो, आगलागी लगायतका विभिन्न प्रकोपबाट क्षति हुनबाट पूर्व तयारीका लागि ईश्वरी बकस गुल्म र सुरक्षा निकाएको टोलीले डेमो अभ्यास  प्रदर्शनी गरेको प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले बताए । 

 सदरमुकाम सन्धिखर्कको टँुडिखेलमा गरिएको डेमो प्रदर्शनीमा गाउँटोल, बन जंगलमा गर्मीयाम शुरु भएसँगै  हुने आगलागी नियन्त्रण बारे विद्यार्थी सरोकारवाला, सर्वसाधारणलाई   जनचेतना जगाइ विपत् न्यूनीकरण गर्ने  उद्देश्यका  साथ जनचेतनामूलक  उक्त अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।

 यसअघि पनि सार्वजनिक कार्यक्रमहरुमा शस्त्र प्रहरी बल ३६ नम्बर गुल्मले ग्यासको सिलिण्डरमार्फत हुने आगलागी, विद्युत लगायतका विभिन्न प्रकोपले घरमा लाग्ने आगोलाई समेत नियन्त्रण लिने र अग्ला पाखाहरुबाट खसेपछि कसरी उद्धार गर्ने विषयमा प्रदर्शनी गर्दै आएको  थियो  ।

 आगलागीबाट घाइते भएका व्यक्तिहरूको उद्धार गर्ने तरिका, विपत्मा सुरक्षाकर्मी रेडक्रसका प्रतिनिधि जनप्रतिनिधिहरु परिचालन हुने तथा बिरामीहरुलाई उद्दार गरी हस्पिटलसम्म पु¥याउने तरिका तथा आगलागी भएको ठाउँमा दमकलको भूमिकाका विषयहरु समेटेर डेमो प्रदर्शनी गरिएको थियो । 

 डेमो प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले जिल्लाभित्र हुने सबै विपत्का घटनाहरुको न्यूनीकरणमा सुरक्षा निकायको उत्कृष्ट भूमिका रहेको बताउँदै सुरक्षा निकायसँग सहकार्य गरेर यस्ता खालका घटनाहरु हुन नदिन स्थानीय सरकार सचेत रहेको बताए । 

 नगरप्रमुख श्रेष्ठले अर्घाखाँची जिल्लामा गर्मियाम बढेसँगै धेरैठाउँमा आगलागीका घटनाहरु हुने र सबै पालिकामा दमकल सेवा नहुँदा सन्धिखर्क नगरपालिकाले जिल्लाभर दमकल सेवा दिइरहेको बताउँदै डेमो प्रदर्शनी कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिए । 

 कार्यक्रममा कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख उपसचिव बुद्धिराज घिमिरे, सन्धिखर्क नगरपालिका वडा नम्बर ९ का अध्यक्ष पदम बहादुर भुसाल,  सन्धिखर्क नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मन्जु खनाल, जिल्ला प्रशासन कार्यालयका अधिकृत नुमलाल पन्थी,  दुर्गा न्यौपाने, नेपाल रेडक्रस सोसाइटी अर्घाखाँचीका सभापति कुशल भुसाल, पत्रकार महासघका अध्यक्ष अशोक खनाल, उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप मिश्र, प्रहरी निरीक्षक विक्रम रिजाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्