गौरीशंकर बोर्डिंग स्कुलको २१ औं बार्षिकोत्सब,अभिभावक दिवस तथा पुरस्कार बितरण कार्यक्रम

| २०८० फागुन २७ गते १७: २७ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची। 
फाल्गुन २७- अर्घाखाँची स्थित गौरीशंकर बोडिङ स्कुलको  २१ औं बाषिकोत्सब , अभिभावक दिवस तथा पुरस्कार बितरण कार्यक्रम एक समारोहका बिच शुरु भएको छ ।

९०० छात्रा तथा छात्र अध्यनरत यस बिध्यालयमा करिपन ५० जना शिक्षक तथा कर्मचारी कार्यरत छ्न , गतबर्षको SEE परिक्षामा २ जना विद्यार्थीहरुले GPA- 4 ल्याइ  प्रथम बिध्यालय हुन पुगेको थियो , तेसैगरी यश बिध्यालय जिल्लाभित्र हुने रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता स्थानीय नगरपालिका बाट संचालित हरेक खेलकुद र अन्य विविध कार्यक्रममा उत्कृष्ट बिध्यालयमा पर्दछ , यस् बिध्यालय बाट रास्ट्रिय सेवा दल NCC तालीममा १८ छात्रा र १८ छात्र हरुले तालिम लिइ सकेका छन भने १८ छात्रा र १८ छात्रहरुले तालीम लिइ रहेका छन ।

सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा शुरु अभिभावक भेला तथा पुरस्कार बितरण कार्यक्रममा शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख मनिराम पराजुली , सन्धिखर्क नगरपालिका वडा न. १ का वडा अध्यक्ष माधब श्रेष्ठ वडा न .२ का वडा अध्यक्ष मोतिजङ रायमाझी , सन्धिखर्क नगरपालिका शिक्षा शाखा प्रमुख मन्जु आचार्य , पतन्जली योग समितिका अध्यक्ष प्रेम नारायण पोख्रेल , नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल प्रदेश सदस्य प्रेम नारायण आचार्य , पत्रकार सुर्य प्रसाद भुसाल , मुक्तिनाथ  भुसाल  , गणेश खनाल , श्याम घिमिरे , पुजा कुवर , विद्यार्थी तथा अभिभावकहरुको उपस्थित रहेको कार्यक्रममा विभिन्न बिधामा सफल उत्कृष्ट हुने विद्यार्थीहरु लाई पुरस्कार तथा प्रमाणपत्र बितरण गर्ने कार्यक्रम रहेको थियो ।

कार्यक्रम बिध्यालय ब्याबस्थापन समितिका अध्यक्ष भेष बहादुर बिसिको अध्यक्षता शिक्षक प्रकाश चन्द्र आचार्यको स्वागत मन्तव्य तथा शिक्षक शिव बेल्बासेको संचालनमा शुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्