हिमालयन लाइफ अर्घाखाँचीद्वारा दाबी रकम हस्तान्तरण (तस्विर सहित)

| २०८० चैत ५ गते २०: ४३ मा प्रकाशित

अन्जना खनाल, अर्घाखाँची ।हिमालयन लाइफ इन्स्योरेन्स अर्घाखाँचीले मृतकको परिवारलाई मृत्युदावी वापतको रकम हस्तान्तरण गरेकोछ ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ९ निवासी मोतिकला खत्रीको केही समय अगाडि भारतमा उपचारको क्रममा मृत्यु भएको थियो । 

केही वर्ष अगाडि हिमालयन लाइन इन्स्योरेन्स लिमिटेडमा बिमा गरेकी स्व मोतिकला खत्रीको इच्छाएको व्यक्ती निजको श्रीमान धन बहादुर खत्रीलाई  शाखा प्रमुख दिनेश सुनारले चेक हस्तान्तरण कार्यक्रम आयोजना गरि रु  १,८९,०००/- अक्षरमा ( एक लाख उनान्नब्बे हजार रुपैयाँ ) बराबरको चेक रकम हस्तान्तरण गरेका थिए ।

चेक हस्तान्तरण गर्दै सुनारले " बिमा जीवन" मानव जीवनको हरेक स्थिति र परिस्थितिको आधारभूत आवश्यकता रहेको जनाएका थिए । बिमाले सुरक्षा , सम्पती, पेन्सन सहितको सुन्दर र समृद्ध जीवनको ग्यारेन्टी गर्ने हुँदा आम नागरिकलाई जीवन बिमा गर्न अपिल गर्दै स्वर्गीय खत्रीको बैकुण्ठबासको कामना गर्दै शोकाकुल परिवारमा गहिरो संवेदना समेत प्रकट गरेको जनाईएको छ । 

चेक हस्तान्तरण कार्यक्रममा शाखाका मार्केटिङ कर्मचारी चन्द्र बहादुर  सारु, राम बहादुर बि.क र निर्मला जिसीको सहभागितामा रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्