सुरक्षित वैदेशिक रोजगारीका लागि अभिमुखीकरण कार्यक्रम सन्धिखर्कमा सम्पन्न

| २०८१ जेठ १ गते २१: १५ मा प्रकाशित

कमला पाेख्रेल,अर्घाखाँची।
१ जेठ - अर्घाखाँचीको सन्धिखर्कमा सुरक्षित वैदेशिक रोजगारीका सवालमा वडा स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। 

स्वदेशमानै रोजगारी गरौ वैदेशकि रोजगारीमा जानेनै भए, सही सुचना लिएर र सिप सिकेर मात्र जाऔ भन्ने मुल नाराका साथ सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीका सवालमा अभिमुखीकरण कार्यकम सम्पन्न भएको हो ।

यो कार्यक्रमले सकेसम्म स्वदेशमानै रोजगारी गर्न,  वैदेशिक रोजगारीमा जानेनै भए  युवायुवतीलाई विदेश  जादा अपनाउनु पर्ने विभिन्न चरण, प्रकृया, सिप सिकेर मात्र विदेश जान परामर्स लगायतका कार्य गर्दै आएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो । सन्धिखर्क नगरपाकिलामा यो कार्यक्रम सञ्चालन भएपछि गएको पुस ३ गते देखि बैशाख मसान्त सम्ममा झण्डै २४ सय जनालाई सुचना परामर्स गरिएको छ ।

सनिधखर्क नगरपालिकाको वडा नम्वर १,२र ३ का जनप्रतिनिधि, पुर्व जन प्रतिनिधि, सरोकारवाला निकाय लगायतको उपस्थिति रहेको कार्यक्रमको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले उद्धाट्न गर्नु भएको थियो  । उहाँले विदेशमा जादा सबै प्रकृया पुराएर र बुझेर मात्र जान सबैलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, सनिधखर्क १ का वडा अध्यक्ष माधव श्रेष्ठ, ३ का अध्यक्ष जम्शेर मिया, २ का कावा अध्यक्ष दामोदर पौडेल, पुर्व वडा अध्यक्षहरु युवराज बन्जाडे, लिलाराम गौतम लगायतले मन्तब्य राखेका थिए । 


सन्धिखर्क १ का वडा अध्यक्ष माधव श्रेष्ठको अध्यक्षता, परामर्शकर्ता अम्बिका श्रेष्ठको सञ्चालन र रोजगार सहायक जुन भुसालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्