मदन आश्रित स्मृति दिवसको अवसरमा शैक्षिक सामाग्री तथा खाजा बितरण

| २०८१ जेठ ३ गते २१: १८ मा प्रकाशित

केशब पन्थी ,अर्घाखाँची। रिटर्नी फेडेरेसन नेपाल जिल्ला कमिटी अर्घाखाँचीले ३१ औं मदन -आश्रित स्मृति दिवसको अवसरमा आज निर्मल नबज्योती सुस्त मन :स्थिति विद्यालयका बालबालिकालाई   शैक्षिक सामाग्री तथा खाजा  बितरण गरेको छ । 

 सन्धिखर्क नगरपालिका वडा नम्बर १ मा रहेको उक्त बिद्यालयका २४ जना सुस्त मन:स्थिति भएका बालबालिकालाई एक कार्यक्रम बिच शैक्षिक सामग्री र  खाजा बितरण गरिएको रिटर्नी फेडेरेसन नेपाल जिल्ला कमिटी अर्घाखाँचीका सचिब बिष्णु प्रसाद भुसालले जानकारी दिनुभयो । 

संगठनका जिल्ला कमिटी अध्यक्ष मित्रमणि मिश्रको अध्यक्षता ,पार्टी जिल्ला कमिटी अध्यक्ष पिताम्बर भुसालको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्