सन्धिखर्क नगरपालिका मा दुई हजार पन्चासी जना बालबालिकालाई आई.पि.भी खाेप लगाइदै

| २०८१ जेठ १० गते १६: ५६ मा प्रकाशित

पूजा केसि,सन्धिखर्क।अर्घाखाँचीको जिल्ला काे  सन्धिखर्क नगरपालिकाको आयोजनामा राष्ट्रिय कार्यक्रम  आई पि. भी खोप अभियान पोलियो खोप सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ !यहि जेठ १३ गते देखि २६ गते सम्म  २०७३ वैशाख महिना देखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकालाई आई पि.भी खोप लगाउनको लागि सम्पुर्ण तयारी पुरा भएको सन्धिखर्क स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुली ले जानकारी दिएका छन ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा २ हजार ८५ जना बालबालिकालाइ खोप लगाउन  ६७     स्थान तोकिएको छ ।  शाखा प्रमुख पराजुलीले ओ.पि.भी.र आई .पि.भी खोपको प्रयोग खोप लगाएपछि  हुनसक्ने प्रतिकुल असर ,पोलियो उन्मुलनको अवस्था लगायतका बिषयमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी सचाँरकर्मी लगायत लाई जानकारी  दिएका छन । अभिमुखीकरण कार्यक्रम सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत खुमलाल भुसालले मन्तव्य राख्दै खोप नगरभित्रका सबै बालबालिकालाई नछुटाई लगाइ दिन आग्रह गरेका छन। 

कार्यक्रम स्वास्थ्यकर्मी प्रकाश परियारको संचालनमा सम्पन्न भएको थियोे। 

प्रतिक्रिया दिनुहोस्