यातायात व्यवस्था सेवा कार्यलय अर्घाखाँचीमा आउने

| २०८१ जेठ १३ गते १५: ४४ मा प्रकाशित

अन्जना खनाल,अर्घाखाँची ।अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा यातायात व्यवस्था सेवा कार्यलय आउने भएको छ  । 

जिल्लामा रहेका सम्पुर्ण यातायातका साधानहरु नवीकरण , जाचपास, पटके लगायतका  सुबिधा प्रवाह गर्नेगरी कार्यालय आउने जनाइएको छ । अर्घाखाँची जिल्लामा रहेका  यातायात लगायत विभिन्न व्यवसायमा आबद्ध युवा व्यवसायीहरु कृष्ण प्रसाद बन्जाडे, प्रेम प्रकाश पाण्डे र बामदेव गैरे लगायतले यसै जिल्लाका माननीय प्रदेश साम्सद तथा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यलाई भेटी कार्यालय जिल्लामा ल्याउने बारेमा एक खालको  सहमति समेत  भएको जनाएका छन ।

मन्त्री संगको भेटमा व्यवसायीहरुले २० वर्ष पुराना सवारीहरुको हकमा २ वर्ष म्याद थपको लागि प्रदेश सरकार मार्फत संघिय सरकारलाई सिफारिस गर्ने विषयमा पनि ध्यानाकर्षण तथा अनुरोध गरेको बताए  । 

यातायात सुबिधाको हिसाबले अत्यन्तै सम्पन्न अर्घाखाँची जिल्लामा यसको करसेवा कार्यालय नहुदा आम जिल्लाबासीले धेरै नै दुख पाउनुको साथै घाटा ब्यहोर्नु पर्ने अवस्था थियो । 

माननीय मन्त्री आचार्य संगको सहमति बमोजिम आउदो साउन महिना देखि यातायात व्यवस्था सेवा कार्यालय अर्घाखाँचीमा आउने बारेमा   प्रतिबद्धता सहितको सहमति भएको अर्घाखाँचीका  युवा व्यवसायी कृष्ण प्रसाद बन्जाडेले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्