एकीकृत अखिल नेपाल शिक्षक संगठन अर्घाखाँची जिल्ला परीषद सम्पन्न

| २०८१ जेठ १५ गते १८: ३५ मा प्रकाशित

अर्घाखाँची। एकीकृत अखिल नेपाल शिक्षक संगठन अर्घाखाँची जिल्ला परीषद आज सम्पन्न भएको छ ।

अर्घाखाँची आवासीय माध्यमिक बिधालयको सभाहलमा बार्षिक कार्यक्रमको समिक्षा र आगामी बर्षको कार्ययोजना निर्माण गर्दै कार्यक्रम सम्पन्न भएको हो एकीकृत अखिल नेपाल शिक्षक संगठनको अर्घाखाँची जिल्ला अध्यक्ष युबराज भुसालको अध्यक्षता, सान्ती माध्यमिक बिद्यालयका प्रधानाध्यापक मानबहादुर पाण्डेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा १ सय जना शिक्षकको सहभागिता रहेको थियो । 

परिषदले जिल्लाका सामुदायिक बिद्यालयको शैक्षिक उपलब्धि वृद्धि गर्दै सामुदायिक बिद्यालयलाइ मजबुद बनाएर जानुपर्नेमा जोड दिएको छ । साथै शिक्षकहरुका हक अधिकार र कर्तव्यका बारेमा छलफल गरेको छ ।

यस्तै शिक्षकहरुलाइ गरिने कुनै पनि प्रकारको बिभेदको अन्त्य गर्दै संविधानको मर्म अनुसार माध्यमिक तहसम्मको शिक्षा निशुल्क भनिएकोमा त्यसलाई  कार्यन्वयन गर्नुपर्नेमा कार्यक्रममा बोल्ने बक्ताहरुले जोड   जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्