स्वास्थ्य कार्यालय अर्घाखाँचीद्धारा वक्तृत्वकला प्रतियाेगिता सम्पन्न

| २०८१ जेठ १६ गते १८: ५८ मा प्रकाशित

बाबुराम रसाईली सन्धिखर्क 
१५ जेष्ठ २०८१- “महिनावारी मैत्री समाजका लागि हातेमालो” भन्ने नाराका साथ अन्तराष्ट्रिय महिनावारी दिवस  स्वास्थ्य कार्यालय अर्घाखाँचीले जिल्लाकाे सदरमुकाम सन्धिखर्कमा सम्पन्न गरेकाे छ । 

स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजना, सन्धिखर्क नगरपालिकाकाे समन्वय र भिजिवल ईमप्याक्टकाे सहकार्यमा संचालन भएकाे कार्यक्रम महिनावारी हुँदा किशोरीहरुलाई चुनौती विषयक वक्तृत्वकला प्रतियोगितामा सन्धिखर्क नगरपालिका भित्र संचालित सामूदायिक विद्यालय र संस्थागत गरि ११ विद्यालयमा अध्ययनरत छात्राहरुको सहभागीता रहेको थियाे ।

 सहभागी प्रतियोगिहरु मध्ये सन्धिखर्क ग्रिन इङलिस बोर्डिङ्ग स्कुलमा अध्ययनरत छात्रा आशिका बन्जाडे प्रथम, जनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा विदुषी खड्का द्वितीय र चन्द्र प्रभा माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा आकृति न्यौपाने तृतीय भएकी हुन् । उनिहरुलाई नगद, प्रमाण–पत्र र मायाकाे चिनाे स्वरुप डायरी हस्तान्तरण गरि सम्मान गरिएको स्वास्थ्य कार्यालय अर्घाखाचीका सुचना अधिकारी विजय विकले बताए । 

त्यस्तै उपस्थित अतिथिहरुले महिनावारी हुनु महिला जिवनकाे एक प्राकृतिक प्रक्रिया भएकाले महिनावारी भएपछि बालिकाकोे प्रजनन अंग परिपक्क हुने महिलाकाे स्वास्थ्य अवस्था सही भएकाे मानिन्छ ।  महिनावारी लाज मान्ने विषय नभई अब याे कार्यक्रमले ग्रामिण क्षेत्रमा रहेका यश सम्बन्धि कुरितिलाई चिरफार गरि खुलेर भन्न सक्ने बनाउने छ । हर्मोनहरुमा आउने परिवर्तनका कारणले महिनावारी हुने र महिनावारी भएपछि किशोरी आमा बन्न सक्षम भएको संकेत गर्ने पनि प्रतिवद्धता व्यक्त गरेका छन् । 

यस्तै स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य निरिक्षक गणेशराज पौडेलले पहिलोपटक महिनावारी हुँदा बालिका आत्तिने तथा गाह्राे मान्ने गर्ने हुनाले यसबारे परिवारले पहिलेनै जानकारी गराउनुपर्ने बताए । महिनावारीको समयमा सरसफाइमा विषेश ध्यान दिनुपर्ने पौडेलको भनाइ छ । “महिनावारीको समयमा ननुहाउदाँ अनि सरसफाइमा ध्यान नदिदाँ पाठेघरमा संक्रमण हुन सक्छ,” उनले भने “महिनावारीको समयमा सरसफाइमा विषेश ध्यान दिन जरुरी हुन्छ ।” 
त्यस्तै वक्तृत्वकला प्रतियोगितामा मुल्याकंन समितिको सदस्य समेत रहेका नेपाल पत्रकार महासंघ अर्घाखाँचीका सहसचिव हृदय भुसालले महिनावारीकाे समयमा अहिलेपनि देशकाे विभिन्न ठाउमा धार्मित तथा सामािजक परम्परा अनुसार  छाउगोठ तथा पखेरामा छुट्टै राखेकाे पाईन्छ यसाे हुदा पीडितकाे मनाेवल कमजाेर हुने र मानसिक चिन्तन समेत हुने बताए ।

यस्तै प्रतियोगिताबाट प्रथम, द्वितिय, तृतीय हुने छात्राहरुले कयौं छात्रा महिनावारी भएका दिनमा विद्यालय छाडी घरमा बस्ने गरेको बताइन् । विद्यालयमा राम्रो शौचालय नहुँदा, पर्याप्त पानी नहुदाँ र सरसफाइका लागि उचित व्यवस्था नहुँदा छात्राहरु विद्यालय छाडी घर बस्नुपरेको बताए । प्रत्येक वर्ष २८ मे मा अन्तराष्ट्रिय महिनावारी दिवस देहभर मनाइन्छ । 

साथै महिनावारी हुँदा किशोरीलाई चुनौति विषयक कार्यक्रमको लागि मुल्यांकन समितिमा पाणिनी बहुमखी क्याम्पसका प्रध्यापक रामलाल भुसाल, जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रशासकीय अधिकृत दुर्गा न्यौपाने, जिल्ला अस्पतालका नर्सिन अधिकृत सुनिता आचार्य र नेपाल पत्रकार महासंघका सहसचिव हृदय भुसाल रहेका थिए ।

कार्यक्रम स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य निरिक्षक गणेशराज पौडेलको अध्यक्षता, सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुर्ण प्रसाद पराजुलीको स्वागत मन्तव्य र भिजिवल इम्प्याक्टका प्रतिनिधी सागर परियारको संचालनमा सम्पन्न भएको हाे ।

प्रतिक्रिया दिनुहोस्