शितगंगा नगरपालिकाले गर्यो बजार अनुगमन

| २०७८ असार १७ गते २२: ५० मा प्रकाशित

झनक केसी ,अर्घाखाँची।शितगङ्गा नगरपालिका अनुगमन शाखाका प्रमुख नगेन्द्र नेपालको नेतृत्वमा आज देखि बजार अनुगमन कार्य सुरु गरेको छ ।

व्यवसाय दर्ता नै नगरी व्यवसाय गरेको,कर छलि, होडिङ वोर्ड नराखिएको, मदिरा एवम् अन्य अखाद्य पदार्थ खाद्य पदार्थसँगै राखि बिक्रि वितरण गरिएको, होटल तथा नास्ता पसलहरुमा सरसफाईको अवस्था नाजुक रहेको, मूल्य सूची नराखिएको जस्ता समस्या व्यापक रुपमा पाईएको छ ।

शितगङ्गा बजार अनुगमन

कोभिडको कारण रोकिएको  अनुगमनको पहिलो दिन आज शितगङ्गा वाड न. १२ हर्रे, बर्रे लगाएत चक्ला आसपासका फलफुल ,खाद्यकिराना गल्ला हार्डवयर कस्टमेटिक र,मधिरा पसलहरुको अनुगमण गरीएको छ । अनुगमणको क्रममा वजारमा चाउचाउ,कुरकुरे,दालमोट,पेय पदार्थ डिउ,स्प्राईड,म्यादगएका समान फेलापरेको संयोजक नेपालले  वताउनुभयो । नगरपालिका शाखा प्रमुख नगेन्द्र नेपालको संयोजकमा गरिएको वजार अनुगमनमा ईप्रका ठाडाका प्रमुख सन्दिप बेल्बासे,शितगङ्गा राजस्व शाखाका प्रमुख कमल पन्थी, उद्योग वाणिज्य संघका सदस्य सचिन बोहोरा, पत्रकार लगाएतको सहभागीता रहेको थियो ।

म्यादगएका समान फेला

वजारमा अनुगमन नगरपालिकाले  चाहे जतिबेला पनि गरीने वताईएको छ । दोस्रो लकडाउन पछि आज पहिलो दिनको अनुगमन भएकाले दिएको समय भित्र सबै डकुमेन्ट,मिलाएर असार भित्रै कर तिर्ने गरि पसल संचालन गर्न निर्देशन दिईएको छ ।

म्यादगएका समान नष्ट गर्दै प्रहरी 

 

बजार अनुगमनको कार्यमा सहयोग गर्नु हुने उपभोक्ता, व्यापारी, कर्मचारी, पदाधिकारी, सुरक्षाकर्मी,पत्रकार लगायत सबैमा नगरपालिकाले धन्यवाद दिएको छ ।

प्रतिक्रिया दिनुहोस्