अर्घाखाँचीको शितगंगा थारपाईला खिमेडाँडाका दर्जी दम्पतिलाई उपचारमा आर्थिक समस्या

| २०७८ सावन ३० गते २०: २५ मा प्रकाशित

बिक्रम आचार्य, शितगंगा।अर्घाखाँची जिल्लाको  शितगंगा नगरपालिका वडा नं. ५ थारपाईला खिमेडाँडा निवासी अशोक दर्जि र निजकी श्रीमती अन्जु दर्जि दुवै जना दम्पति जोडीलाइ उपचारमा आर्थिक अभावको समस्या आईलागेको छ।

केहि दिन देखि बिमारी परि बुटवल मेडिकलमा चेक जाँच गर्दा कलेजोमा क्यान्सर देखा परेको छ। हाल दुवै जनाको बिपि मेमोरियल क्यान्सर हस्पिटल भरतपुरमा उपचार भईरहेको छ ।

prescription

घरपरिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले उपचारको लागि आर्थिक जोहो गर्न निकै गाह्रो भएको समाजसेवी युवा राज अधिकारीले जानकारी दिएका छन्।

तसर्थ कृपया सहयोगी मनका धनि महानुभावहरुले आ- आफ्नो ठाउँबाट दर्जी दम्पतीको उपचारका लागि आफु सक्दो आर्थिक सहयोग गरिदिनुहुन अर्घाखाँचीबुलेटिन परिवार हार्दिक अनुरोध गर्दछौं। 

सहयोगको लागि निम्न नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ 

जेठो छोरा (बिक्रम परियार) : 9811466295
कान्छो छोरा (हिमाल परियार) : 9842361495
बैंक : साईन रेसुङ्गा डेपलपमेन्ट बैंक लिमिटेड

खाता :0070070042837900001

प्रतिक्रिया दिनुहोस्