शितगंगा  ४ मा काग्रेश सभापतिमा गुरुङको उमेदवारी हुने 

| २०७८ भदौ १४ गते २०: ३५ मा प्रकाशित

अराज बेल्बासे।  नेपाली काग्रेशको १४ औ महाधिबेसनमा शितगंगा नगरपालिका ४ मा काग्रेशका युवा नेता डिल बहादुर गुरुङले वडा सभापतिमा उमेदवारी दिने घोषण गर्नु भएको छ ।  बिगत लामो समय सम्म काग्रेशको कृयाशिल रहेर काम गरि रहनु भएका गुरुङले अब वडामा पाटीको नेत्तृत्व गरे काम गर्ने चाहना रहेको बताउनु भयो । 

गुरुङ २०४८ साल देखि पाटीमा कृयाशिल भएर लाग्नु भएको छ । २०४८ सालमा नेवि संघबाट राजनिति सुरु गर्नु भएका उहाँले २०५४ सालमा ज्योती माबिको नेवि संघ सभापति भएर काम गर्नु भयो साबिक ठाडाका बिभिन्न बिद्यालयहरुमा संगठा बिस्तार तथा बिभिन्न सास्कृतिक कार्यक्रम गर्दै नेवि संघमा धेरै  लाई आवद्ध गराउनु भयो । २०५७ सालमा पाटीको कृयाशिल सदस्यता लिर्दै बिभिन्न चुनावहरुमा पाटीको जिम्मा अनुसार जिम्मृवारी निवार्ह गर्नु भयो । 

 शास गरि युवाहरुमा पृय रहेका गुरुङलाई अग्रज कार्यक्रता नेता तथा युवाहरुले खुलेर समूर्थन गर्ने गरेका छन । बिभिन्न संघ सस्थामा रहेका उत्कृष्ट कार्य सम्पादन गर्नु भएका उहाले पाटीको वडा सभापति भएमा सबै वडाले भन्दन नमुना काम गरेर देखाउने बताउनु भयो । पाटीलाई कृयाशिल  गराउन आफ्नो उमेदवारी रहेकोले पनि अन्य आकाक्षीहरुलाई समेत यो पटक काम गर्ने अबसर प्रदान गर्न अनुरोध गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्