अर्घाखाँचीको सितापुरमा धान काट्ने क्रममा कालो अरिङ्गाल टोकाइबाट ७ जना घाईते : ३ जनाको अबस्था गम्भीर

| २०७८ असोज ३१ गते २०: ३७ मा प्रकाशित

 झनक केसी,अर्घाखाँची। शितगङ्गा नगरपालिका वाड न.२ सितापुर झिर्‍रा गंगाखोलाको (बाउन्नेमा) धान काटने क्रममा अरिङ्गालको टोकाइमा ७ जना घाइते भएका छन । ३ जनाको अबस्था गम्भिर रहेको छ।

घाइतेहरुलाई सामान्य उपचार पछि घाइते ३ जनालाई बुटबल रिफर गरिएको ४ जनालाई सितापुर स्वास्था चौकिमा उपचार गरिएको स्वास्थ शाखाका प्रमुख बिष्नु खनालले जानकारी दिए। 

घाइतेहरु बर्ष ५४ का ऋषि राम क्षेत्री,बर्ष १८ का दुर्गा क्षेत्री,बर्ष ३५ कि हुमकला क्षेत्री,बर्ष १४ कि पुजा क्षेत्री,बर्ष १६ का धनिस्वर क्षेत्री,को सितापुर स्वास्थ चौकिमा उपचार भै रहेको खनालले बताए। 

बुटबल रिफर गरिएका घाइतेहरुमा बर्ष २१ का किरण क्षेत्री,बर्ष २४ का सन्जु क्षेत्री,बर्ष १६ कि करिना क्षेत्री, रहेका छ जस मध्य करिनाको अबस्था चिन्ताजनक रहेको इप्रका ठाडाका प्रमुख सन्दिप बेल्बासेले जानकारी दिएका छन।

अरिङ्गाल खेतको छेउमा साजको रुखमा रहेको घटना स्थलबाट बाबुराम बन्जाडेले जानकारी दिएका छन। अरिङ्गालले २ बजे एक्कासी धानकाट्ने क्रममा टोकेको भन्डारिले बताए ।

प्रतिक्रिया दिनुहोस्