शितगङ्गामा बेमौसमी बर्षातका कारण धानबालि पुर्णक्षेती (तस्विर- भिडियो सहित)

| २०७८ कार्तिक ३ गते २०: १८ मा प्रकाशित

झनक केसी ,अर्घाखाँची। 
कात्तिक ३- देशै भरी आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ । दशै अघि नै अर्घाखाँची जिल्लाका अधिकांश क्षेत्रमा धान पाकेर पहेँलो भएपनि धेरै जसो किसानले दशैको चटारोमा पनि धान काटेर घरमा भित्राउन बाकिनै थियो ।

दशैको अर्को दिन देखि शितगङ्गाका धेरै किसान धान काट्न सुरु गरेका थिए। “दुई दिनसम्म धान काट्यौँ, अहिले लगातारको पानीले पाकेको धान सखाप पारेको छ, अब कसरी धानलाई भित्र्याउने भन्ने चिन्ता छ”, शितगङ्गा नगरपालिका–४ पोखेडाडाका २९ वर्षीय किसान चन्द्र पौडेलले भन्नुभयो । हामिले काटेको धान आलिमै कुहेर जानेभयो उहाँले थप्नुभयो, “यसपटक समयमा नै पानी परेपछि धान रोपाइँपनि समयमा गरौँ, मलको अभावपनि थिएन । धान पनि राम्रो थियो तर अहिले घरमा भित्र्याउनै बेला भै राखेको बेला लगतार बेमौसमी पानी परेर ठूलो क्षति भयो ।”

पानीले खेतबारीका धानसँगै तोरी अन्य बाली साथै तरकारीमा समेत क्षति पुर्याएको किसानले बताएका छन् । तेस्तै शितगङ्गा २ का किसान पवन भटराइले आफूहरूका मात्र नभई धेरैको खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको बताउनुभयो । उहाँले वर्षभरि खाने धान खेतमा पानी भरिएकाले कतै धान झर्ने हो कि भन्ने चिन्ता लागेको समेत बताउनुभयो। 

लगातारको कात्तिके झरीले शितगङ्गा ४ भाबिनी,सितापुर गैरिखेत बाणगङ्गा फाट,कपिल्बस्तु लगाएत दाङ्ग,घोराई लमही,भालुवाङ,पश्चिम दाङका किसानलाई बाँकी रहेको धानपनि कसरी भित्र्याउने भन्ने समस्याले किसानहरु चिन्तित देखिएका छन।  कतिपय ठाउँमा काटेको धान खेतमै भिजेको छ भने कतै पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको छ।

चुदालिले खेतारा लगाएर ४ दिन सम्म काटेको धान खेतकै सडेर जाने भयो स्थानिय सरकारले कुनै चासो नदिएको भन्दै गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्