नेकपाको संगठन सुदृढीकरण अभियान, अन्य पार्टी परित्याग गरि प्रबेश गर्नेको लर्को

| २०७८ कार्तिक ७ गते २२: २७ मा प्रकाशित

अर्घाखाँची : विप्लव महासचिव रहेको नेपाल कम्युनिस्ट पार्टीमा अन्य विभिन्न पार्टी  परित्याग गरि प्रवेश गर्नेको लर्को लागेको छ। 
सितगंगा नगरपालिकाको वडा नं ०६ मा पदम खत्रीको नेतृत्वमा १५ सदस्यीय  वडा नं. ७ मा क. गोपालको नेतृत्वमा १७ सदस्यीय , क. नन्द बहादुर घर्तीको नेतृत्वमा १३सदस्यीय  र वडा नं. १० मा क. राजु बिकको नेतृत्वमा१९सदस्यीय  सेल कमिटी निर्माणमा भएको छ जसमा काङ्ग्रेस , एमाले, माओवादी केन्द्र, लगाएतका पार्टी परित्याग गरि प्रवेश गरेका छन । 

संगठन बिस्तारका क्रममा सम्बोधन गर्दै जिल्ला कमिटि सदस्य क. नवीन शर्माले सम्बोधन गर्दै नेपालमा चलिरहेको दलाल संसदिय ब्यवस्थाले जनता र राष्ट्रियताको अस्तित्व जोगाउन नसक्ने बताएका छन । गणतन्त्रको बिरोध गर्ने मान्छेहरुनै गणतन्त्रका नाइके भएका छन, संसदिय ब्यवस्था ठिक छैन भनेर दस  बर्षे जनयुद्ध गर्नेहरु संसदीय ब्यबस्था मै कुर्सी र पैसाको खिचातानी गरिरहेका छन , यी सबै सन्दर्भलाई हेर्दा जनताको समस्याहरुमा केही पनि परिवर्तन गर्न नसकेको बताउदै अब यसको विकल्पका रुपमा वैज्ञानिक समाजवाद स्थापना गर्नु पर्ने वताएका छन । 

यस्तै जिल्ला कमिटी सदस्य क. सफलले सिह दरबारको अधिकार गाउँ घर छरछिमेक भनेर चुनाबी नारा लगाए अहिले, सिहं दरबारको भ्रष्टाचार गाउँ घर छरछिमेकमा आएको बताएका छन । यस्तै वैज्ञानिक समाजवाद निर्माणका लागि सम्पुर्ण बुद्धिजीवी, राष्ट्र भक्त युवा, विद्यार्थी तथा आम नागरिक एक जुट हुन आग्रह गरेका छन। 

प्रवेश गर्ने कमरेडहरुले हामिलाइ चुनावी भोटका लागि मात्र प्रयोग गरेको बताए ।  अबको देशमा क्रान्ती र परिवर्तन गर्ने भनेको नै नेपाल कम्युनिस्ट पार्टी रहेको बताएका छन। 

गत फागुन २१ गते प्रतिबन्ध फुकुवा भए संगै सान्तिपुर्ण राजनितीमा आएको नेकपाले अहिले विभिन्न ठाउँहरुमा शान्तिपुर्णरुपमा आफ्ना  गतिविधिहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्