एमालेको शितगंगा नगर अध्यक्षमा वसन्त श्रेष्ठ (तस्विर सहित)

| २०७८ कार्तिक ९ गते २१: ०७ मा प्रकाशित

झनक केसी ,सितगंगा। अर्घाखाँची जिल्ला शितगंगा  नगरपालिका नगर कमिटीको अध्यक्षमा वसन्त श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । 

नेकपा (एमाले) शितगंगा नगर कमिटी अध्यक्षमा बसन्त श्रेष्ठ  सर्वसम्मत चयन हुनुभएको छ । कमिटीको उपाध्यक्षमा सञ्जय राना,सचिव ऋषि घिमिरे,उपसचिव शिवकला बिक र धनु गाहा सर्वसम्मत निर्वाचित चयन हुनुभएको छ । 

नेकपा एमाले सितगंगा नगरपालिकाको प्रथम नगर अधिवेशनबाट निर्बिरोध सर्वसम्बत बसन्त कुमार श्रेष्ठ अध्यक्ष भएका छन् । 

</>
कार्तिक ९ गते मंगलवार भएको नगर अधिवेशनबाट ७५ सदस्य नगर कमिटी रहेको छ । अधिवेशनले विभिन्न उपसमिति समेत गठन गरेको छ । 

अधिवेशनलाई सम्बोधन गर्दै एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य एवं प्रदेश सांसद रामजी प्रसाद घिमिरेले पाटी विभाजनले एमालेको जनमतमा कुनै असर नपरेको बताए ।

कार्यक्रममा नगर इन्चार्ज ओपी पाण्डे,क्षेत्रीय अध्यक्ष काशि आचार्य, अनेमसंघ नगर अध्यक्ष गिता भाट लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा रास्टिय युवा संघले स्वयम सेवकको भुमिका बाधेको थियो विभिन्न वार्डबाट अधिबेशनमा आएका प्रतिनिधिहरुलाई स्वागत देखि विभिन्न सहयोग गरेको रास्टिय युवा संघका संयोजक तिलक अधिकारिले बताएका छन। करिब ४०० जनाको बाक्लो उपस्थितिलाई चिया,नास्ता,पानी,बृद्धअपाङ्ग महिलाहरुलाई सबै ब्यबस्थापनको जिम्मा रास्टिय युवा संघले नै गरेको अधिकारिले बताए।

प्रतिक्रिया दिनुहोस्