शिततगंगाका ११ वटा वडामा माओवादी केन्द्रको वडा अधिवेशन सम्पन्न

| २०७८ मंसिर ४ गते २०: ५८ मा प्रकाशित

सन्तोष आले,अर्घाखाँची ।शितगंगा नगरपालिकाका ११ वटा वडामा नेकपा (माओवादी केन्द्र) को वडा अधिवेशन सम्पन्न भएको छ । प्राविधिक कारण अधिवेशन नहुने वडा नं. ३, ५ र ११ को पछि गरिने बताईएको छ ।

नेकपा (माओवादी केन्द्र) शितगंगा नगरपालिका -१ को वडा अधिवेशनबाट जित बहादुर अधिकारी अध्यक्ष पदमा निर्वाचित भएका छन । जसको उपाध्यक्षमा खिम बहादुर थापा, सचीवमा देबेन्द्र भुसाल, सह-सचिवमा शिव बहादुर पहराइ र कोषाध्यक्षमा पवित्रा नेपाली लगाएतका १९ सदस्यीय वडा कमिटी सर्वसम्मत गठन गरिएको छ। सोही अवसरमा ८ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन । नव प्रवेशिकाहरुलाई जिल्ला कमिटी सदस्य राम प्रसाद भट्टराई र वाईसिएल जिल्ला ईन्चार्ज कृष्ण सारूले टिका तथा फुलमालाले स्वागत गरेका थिए ।

यस्तै वडा नं. २ को अध्यक्ष पदमा कृष्ण रास्कोटि चयन भएका छन । जसको सचीवमा रणदिप नेपालि र कोषाध्यक्षमा राधा भाट क्षेत्री सहित वाड कमिटी सर्बसम्मत गठन गरिएको छ ।

त्यस्तै वडा नं. ४ को अध्यक्ष पदमा वसन्त केसी चयन भएका छन । जसको उपाध्यक्षमा बिष्णु प्रसाद बेल्बासे, सचीवमा सन्तोष पन्थी, सह-सचिवमा बिष्णु बिक र कोषाध्यक्षमा साबित्रा रावत लगाएतका २३ सदस्यीय वडा कमिटी सर्वसम्मत गठन भएको छ ।

वडा नं. ६ काे वडा अध्यक्ष पदमा ढुन बहादुर गाहा सर्वसम्मत चयन भएका छन् । जसको उपाध्यक्षमा लिलामनि न्यौपाने, सचिवमा कुलराज न्यौपाने, सहसचिवमा मुकुन्द पौडेल, काेषााध्यक्ष पदमा सुमित्रा पाण्डे सहितको २९ सदस्यीय वडा कमिटी गठन भएकाे छ ।

वडा नं. ७ काे वडा अध्यक्षमा जुन बादुर पुलामी अध्यक्ष पदमा सर्व सहमतिमा चयन भएका छन् । उपाध्यक्षमा बिष्णु झाँक्री,सचिवमा मनिषा घर्ती मगर परियार, सहसचिवमा शुशिला साेमै कुँवर,काेषााध्यक्ष पदमा यम बहादुर खासु लगायत २३ सदस्यीय वडा कमिटी गठन भएकाे छ ।

वडा नं. ८ काे वडा अध्यक्ष पदमा लक्ष्मण सुनार सर्वसम्मत चयन भएका छन् । जसको उपाध्यक्षमा पुनराम श्रेष्ठ, सचिवमा जस बहादुर रोकाया, सह-सचिवमा पदम कुमाल, काेषाध्यक्षमा शान्ति मोक्तान लगाएत २९ सदस्यीय सहितको वडा कमिटी गठन भएकाे छ । सोही अवसरमा विभिन्न पार्टी परित्याग गरी ३६ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन । नव प्रवेशिकाहरूलाई वडा नं. ८ का वडा अध्यक्षसमेत रहेका रुकेश आलेले टिका र फुलमालाले स्वागत तथा सम्मान गरेका थिए ।

वडा नं. ९ काे वडा अध्यक्ष पदमा चुमानसिंह परियार सर्वसम्मत चयन भएका छन् । जसको उपाध्यक्षमा भोज बहादुर सारू, सचिवमा विर बहादुर पुन, सह-सचिवमा सविता परियार, काेषाध्यक्षमा कुल बहादुर विक लगाएतका २९ सदस्यीय सहितको वडा कमिटी गठन भएकाे छ ।

वडा नं. १० काे वडा अध्यक्ष पदमा रामजी प्रसाद बेल्बासे सर्वसम्मत चयन भएका छन् । बेल्बासेको नेतृत्वमा २९ सदस्यीय वडा कमिटी गठन भएकाे छ ।

वडा नं. १२ काे वडा अध्यक्ष पदमा हुमकान्त आचार्य सर्वसम्मत चयन भएका छन् । जसको उपाध्यक्षमा गोपाल विक, सचिवमा प्रबिन समाल, काेषाध्यक्षमा सरस्वती वि.क लगाएतका २७ सदस्यीय सहितको वडा कमिटी गठन भएकाे छ ।

वडा नं. १३ काे वडा अध्यक्ष पदमा ठाकुर विसी सर्वसम्मत चयन भएका छन् । विसीको नेतृत्वमा २९ सदस्यीय वडा कमिटी गठन भएकाे छ ।

वडा नं. १४ काे वडा अध्यक्ष पदमा प्रेम सारु सर्वसम्मत चयन भएका छन् । सारूको नेतृत्वमा २९ सदस्यीय वडा कमिटी गठन भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्