शितगंगामा पहिलो पटक बहुउद्धेश्यीय सहकारी सञ्चालन

| २०७८ माघ १३ गते २१: ०५ मा प्रकाशित

शितगंगा। शितगंगा नगरपालिका मा पहिलो पटक बहुउद्धेश्यीय सहकारी दर्ता भइ सञ्चालन मा आएको छ । कृषि सहकारी र बचत सहकारी नगरपालिकामा सञ्चालन भएपनि बहुउद्धेश्यीय सहकारी पहिलो पटक दर्ता भएको छ । शितगंगा नगरपालिका ३ बाट सञ्चालन मा आउने गरि हाम्रो शितगंगा बहुउद्धेश्यीय सहकारी सञ्चालनभएको हो ।

शालिकराम अधिकारीको अध्यक्षतामा सञ्चालनमा रहने सहकारीमा उपाध्यक्ष ।लक्ष्मी पौडेल सचिव तुल्सीराम अधिकारी, कोषाध्यक्ष सालिकराम खनाल, र अन्य सदस्य रहने गरि ९ सदस्यिय कार्य ुमिति रहने गरि सहकारी सञ्चालनभएको हो ।सहकारी दर्ता गदौ अध्यक्ष सालिकराम अधिकारीले सहकारी सिद्धान्त अनुसार बहुउदेश्यीय प्राप्तिका लागी बिभिन्न काम गर्न सहकारी स्थापना गरेको बताउनु भयो ।

सहकारीको माध्यमबाट रोजगार सिर्जना र बिभिन्न आर्थिक कृयाकलाप सञ्चाल नगर्ने उदेश्यले सहकारी सञ्चालन गर्न लागेको अध्यक्ष अधिकारी जानकारी दिनु भयो ।सहकारीले महिला शिक्षा तथा तालिम, स्कुल कलेज स्थापना सञ्चालन, कृषि औजारहरु उत्पादन , कृषि खेती जस्ता दजर्नौ कार्य गर्ने गरि सहकारी स्थापना भएको सचिव तुल्सीराम अधिकारीले जानकारी दिनु भयो ।

शितगंगा वडा नम्बर ३ का ३० जना अहिले सदस्य रहेको र अब क्रमस शितगंगा नगरपालिका भरी सदस्याता बिस्तार गरी सहकारी सञ्चालन गर्ने अधिकारीले जानकारी दिनु भयो ।शितगंगा नगरपालिकाको सुचना अधिकृत नागेन्द्र नेपालले शितगंगा नगरपालिकामा हाल सम्म २९ वटा सहकारी दर्ता भएको जानकारी दिनु भयो ।

कृषि तथा बचत तथा ऋण सहकारीहरु नगरपालिकामा सञ्चालनमा रहे पनि बहुउद्धेश्यीय सहकारी पहिलो पटक दर्ता भएको अधिकृत नेपालले जानकारी दिनु भयो । बिभिन्न समयमा गरि २९ वटा सहकारी सञ्चालनमा रहे पनि १६ सहकारी मात्र सक्रिय अबस्थामा रहेको नेपालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्