शितगंगाका वडा अध्यक्ष भुसाललाई कांग्रेसद्वारा पार्टीको साधरण सदस्य नरहने गरि कारबाही

| २०७८ फागुन २७ गते १६: १२ मा प्रकाशित

अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीले शितगंगा नगरपालिका वडा नम्बर ३ बाट निर्वाचित वडा अध्यक्ष तथा कांग्रेस शितगंगा नगर सचिव हेमनाथ भुसाल लाई पार्टीको साधरण सदस्य नरहने गरि कारबाही गरेको छ ।

पार्टीको निति नियम भन्दा बाहिर गएकोले कारबाही गरिएको नेपाली कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठले बताए ।

पटक पटक सुधार हुनको लागि पार्टीले समय अवधि दिएको भएता पनि पार्टीको अनुशासनमा नरहेकाले पार्टीको अनुशासन समितिले निकाला गरेको जनाईएको छ । वडा अध्यक्ष भुसाल कांग्रेस बाट निर्वाचित जनप्रतिनिधि हुन ।

प्रतिक्रिया दिनुहोस्