शितगङ्गामा जारी प्रथम उपमेयर कप २०७८ क्रिकेट प्रतियोगिता सम्पन्न

| २०७८ चैत १६ गते २१: ०८ मा प्रकाशित

झनक केसि,अर्घाखाँची। शितगङ्गा नगरपालिकामा जारी शितगङ्गा जारी प्रथम क्रिकेट उपमेयर कप २०७८ कृकेट प्रतियोगिता सम्पन भएको छ। च्याम्पियन वार्ड न १२ भएको छ। 

प्रथम उपमेयर कप २०७८ 

आज भएकाे फाईनल खेलमा सिनपा १४ बिक्रमलाई ३ विकेटले पराजित गर्दै वार्ड न १२ रजियाले उपाधी हात पारेकाे हाे । टस जितेर पहिले फिल्डिङ राेजेकाे रजियाले अन्तिम ओभरसम्म खेल्दै सात विकेटकाे क्षतिमा जित निकाल्न सफल भएकाे हाे । 

पावरा बिक्रमले १३२ रन बनाएपछि १३६ रनकाे लक्षयसहित मैदान उत्रिएकाे रजियाले अन्तिम ओभरमा ४ रनले लक्ष्य पुरा गरेर जित हासिल गरेको थियाे ।  

शितगङ्गा जारी प्रथम उपमेयर कप २०७८ क्रिकेट  प्रतियोगिता 

शितगङ्गा नगरपालिकाकाे आयाेजना र शितगङ्गा क्रिकेट बिकाशकाे व्यवस्थापनमा सम्पन्न खेलकाे केही दिन अघि नगर उप-प्रमुख टिकाराम रेस्मि उद्घाटन गर्नुभएकाे थियाे। कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख सुर्य प्रसाद अधिकारी,बिशिस्ट अतिथि,प्रशासकिय प्रमुख झबिन्द्र खनाल,विशेष अतिथि क्रिकेट  संघ अर्घाखाँचीका अध्यक्ष तथा नेपाल खेलकुद महासंघ लुम्बिनी प्रदेशका सह सचिब ऋषि भटराई,वार्ड अध्यक्ष बाबुराम गैरे लगाएत विभिन्न पार्टिका प्रतिनिधी,कार्यपालिका सद्स्यहरुको आतित्यतामा प्रथम सितगङ्गा उपमेयरकप क्रिकेट  प्रतियोगिता सम्पन भएको हो। कार्यक्रमकको समापन समारोहमा बोल्दै अर्घाखाँची कृकेट संघका अध्यक्ष भटराइले शितगङ्गामा हराइरहेको क्रिकेट लाई फेरि पुन कम्बायक बनाउने जुजारु टिमलाई बधाई आगामी दिनमा कृकेटलाई थप ब्यबस्थापन गर्न म जिल्लामा रहेकोले सहयोग र सपोर्ट गर्ने बताए। तेस्तै बिशिस्ट अतिथि प्रशासकिय अधिकृत खनालले छोटो समयमै ठुला कार्यक्रम सफल भएको छ।

 प्रथम सितगङ्गा उपमेयरकप क्रिकेट प्रतियोगिता सम्पन्न 

केही दिन पहिला मेयरकप सफल पछि उपमेयरकप पनि भब्य रुपमा सफल बनाउने टिमलाई धन्यबाद दिदै सितगङ्गाको सान खेलमैत्री हाम्रो नगरको पहिचान भन्ने मुलनाराले पुर्णता पाउने बताए। तेस्तै खेलकुद प्रतियोगिताका अध्यक्ष नगर उपप्रमुखले मलाई कृकेट खासै थाहा थिएन युवाहरूको सकृयतालाइ सपोर्ट गरेको मात्र हु। यो प्रतियोगितामा मैले थोरै समय फिल्डमै बसेर हेरेपछि मलाई आनन्द आएको महशुस भयो अबका दिनमा मैले क्रिकेट लाई थप सपोर्ट गर्ने बताएका थिए। बिजेता उपबिजेता लगाएत सम्पुर्ण सहभागिता टिमलाई बधाई दिएका थिए। कार्यक्रम भर  संचालकको भुमिका बाधेका खेलप्रेमी सन्तोस आले,खेल अबधी भर रेफ्रीको जिम्मेवारी लिएका बिराट बेल्बासे,लगाएतको टिमलाई उपमेयर रेस्मिले बधाई समेत दिएका थिए।

प्रतिक्रिया दिनुहोस्