६३ औँ बर्षमा मनायो ढाकावाङ्गको विश्व मा.वि.ले बार्षिक उत्सव (तस्विर सहित)

| २०७९ माघ १८ गते २३: ३७ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। ढाकावाङ्गमा रहेको विश्व मा.विले ६३ बर्षमा पहिलोपटक बार्षिकउत्सव मनाएको छ।तत्कालिन स्थानिय अग्रजको अथक मिहेनतले कक्षा १ पढाइ हुनेगरि २०१६ सालमा स्थापना भएको उक्त विद्यालयले बुधवार एक भव्य समारोहमार्फत बार्षिकउत्सव मनाएको हो ।

विश्व मा.विले ६३ बर्षमा पहिलोपटक बार्षिकउत्सव मनायो 

बार्षिकउत्सवको समुद्घाटन गर्दै भुमिकास्थान नगरप्रमुख झविलाल थापाले विद्यालय सबैको मन्दिर भएको बताउनुभएको छ  शिकसामुदायिक विद्यालयमा देखिएको विकृत राजनितिक गतिविधिले शिक्षामा राज्यले गर्ने लगानीको प्रतिफल प्रयाप्त हुन नसकेको उहाँको भनाई छ ।  कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख मनिराम पराजुलीले शिक्षाको स्तरबृद्धिको निम्ती शिक्षक, अभिभावक, विद्यार्थि र सरोकारवाला सबैको भुमिका जिम्मेवार,सक्रिय र सकरात्मक हुनुपर्नेमा जोड दिनुभएको छ । पछिल्लो पुस्ता सामाजिक सन्जालको लतमा फसेको बताउँदै इकाइ प्रमुख पराजुलीले संचारका माध्यम र सामाजिक सन्जाललाईपनि शिक्षा सिक्ने माध्यम बनाउन सुझाव दिनुभएको छ ।

विश्व मा.विले ६३ बर्षमा पहिलोपटक बार्षिकउत्सव मनायो 

विद्यालयसंग सरोकार राख्ने बिभिन्न व्यक्तित्व, राजनितिक दल, जनप्रतिनिधि, शिक्षक, विद्यार्थि र अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा भुमिकास्थान नगर प्रवक्ता बाबुराम पन्थी,नगर शिक्षा अधिकृत तुबलाल सापकोटा,सबै राजनितिक दलको तर्फबाट माओवादी केन्द्र भुमिकास्थान नगर अध्यक्ष नरेन्द्र मुखिया, भानुभक्त मा.वि.प्युठानका प्रधानाध्यापक चक्रपाणी पौडेल,पूर्व प्र.अ.,शिक्षक तथा वि.व्य.स.को तर्फबाट क्रमश नरेन्द्र थापा,खडानन्द थापा,केशवराज खनाल,पदम क्षेत्री,खडानन्द खनाल,भिम प्रसाद वेल्वासे,देविराम खनाल लगायतले मन्तव्य राख्दै विद्यालय   विद्यालय शिक्षालाई प्रभावकारी बनाएर गाउँको बसाइ बाक्लो बनाउन सबै लाग्नुपर्ने बताउनुभएको छ ।

विश्व मा.विले ६३ बर्षमा पहिलोपटक बार्षिकउत्सव मनायो 

अर्घाखाँँचीको पश्चिम क्षेत्रकै अग्रणी शिक्षण संस्थाको हैसियतले विश्व मा.वि.लाई क्याम्पसमा रुपान्तरण गर्नुपर्ने उहाँहरुको सुझाव रहेको छ ।

विश्व मा.विले ६३ बर्षमा पहिलोपटक बार्षिकउत्सव मनायो 

विद्यालय स्थापना पश्चात पहिलोपटक आयोजना गरिएको बार्षिक उत्सवको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोपाल प्रसाद आचार्यले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै २१ जना शिक्षक तथा कर्मचारी मार्फत ५ सय ३ जना विद्यार्थिको उज्जवल भविष्यको मार्गदर्शन गराउँदै आएको जानकारी गराउनुभएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष भोजराज खनालको अध्यक्षता,विद्यालयका पूर्व प्र.अ. जुमलाल खनालको स्वागत मन्तव्य र शिक्षक रुद्र प्रसाद खनालको संचालनमा सम्पन्न उत्सवको अवसरमा सरस्वती पुजा,विद्यार्थिहरुबाट बिभिन्न लोकनृत्य प्रस्तुत गरिएको थियो ।

विश्व मा.विले ६३ बर्षमा पहिलोपटक बार्षिकउत्सव मनायो 

बार्षिकउत्सवको अवसरमा विद्यालयका संस्थापक,भुतपूर्व,पूर्व तथा निर्वतमान प्र.अ.,शिक्षक,विद्यालय व्यवस्थापन समिति अध्यक्ष,अभिभावक तथा उत्कृष्ट विद्यार्थिलाई   प्रसंसापत्र सहित सम्मान व्यक्त गरिएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्