अर्घाखाँचीमा १ जना पुरुष मृत अवस्थामा फेला

| २०७९ फागुन १९ गते १६: ५१ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। शुक्रबार अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ मा ५५ वर्षीय भुपाल पुन मृत फेला परेको ईलाका प्रहरी कार्याय ठाडाका प्रहरी निरीक्षक होम रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार निर्माणको काम गर्दै आएका प्युठान नौबेनी गाँउपालिकाका ५५ वर्षीय भुपाल पुन आफ्नै कोठामा मृत फेला परेका थिए ।

बिहीबार बेलुका खाना खाएर सुतेको तर बिहान खाना खान नउठेपछि बोलाउदा मृत अवस्थामा फेला परेको प्रारम्भीक अनुसन्धानमा खुल्न आएको प्रहरी निरीक्षक रेग्मीले बताए । पुनको शव पोष्टमाटमको लागि जिल्ला अस्पताल अर्घाखाँची पठाईएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्