शितगङ्गाको पावरामा भेटियो गौतम बुद्धको ध्यान केन्द्र

| २०७९ फागुन १९ गते २०: १५ मा प्रकाशित

झनक केसि ,अर्घाखाँची।
 फाल्गुन १९ गते - अर्घाखाँची जिल्लाको शितगङ्गा नगरपालिकामा भेटियो गौतम बुद्धले ध्यान बस्ने ध्यानकेन्द्र भेटिएको छ। शितगङ्गा नगरपालिका वाड न १४ स्थित ऐतिहासिक र पुरातात्विक महत्व बोकेको महामानव गौतम बुद्धले आफ्ना ५०० बौद्ध भिक्षुहरु सहित प्रयोग गरेको ध्यान केन्द्र पत्ता लागेको छ।

 शितगङ्गा 

अहिले सम्म त्यो गुफा नदेखिएको स्थानीयले बताएका छन।  पौराणिक महत्वको उक्त गुफामा विश्व का धर्म गुरुहरुले बुद्धले आश्रय स्थलको रुपमा प्रयोग गर्दै आएको कुरा यहि मिति २०७९/११/१६ मा थाइल्याण्ड का बौद्ध धर्म गुरु सहित को ४० जना कि टिमले खोज्दै आएपछी मात्र पत्ता लागेको हो। गुफा  करिब ७०० मि लामो ७ वटा ठुला ठुला गुफा हजारौ वर्ष अगाडि कुँदेर बनाए जस्तो देखिने उक्त गुफाको महत्व बारे स्थानियबासी  थाहा नभएको पुर्व उप मेयर टीका रेस्मिले जानकारी दिनुभएको छ जब थाईल्याडका पुर्व गभर्नर पुर्व थाईल्याण्ड सेनापती सहितको टिमले उहीँबाट खोज्दै आएको र हामिलाइ सोधेपछी मात्रै थाहा पाएको थापाले जानकारी दिए। हामी अचम्म र आस्चर्य र कौतुहलताका गुफाहरु अध्ययन र अवलोकन गर्ने काम भो । 

अर्घाखाँची जिल्लाको शितगङ्गा

उक्त टोलि कपिलवस्तुको मधुवन धाम बौद्ध बिहार त्यस्पछी बालुकण्ठ बौद्ध बिहार हुँदै सुर्यव्डारको बौद्ध बिहारमा आइ पुजा र ध्यान गरि फर्केको थियो। वार्ड न १४ का अध्यक्ष दामोदर न्यौपाने  वाड सदस्य सागर दर्लामी प्रअ नहकुल रेस्मी सहितको टोलिले श्री पावर मावी मा भव्यस्वागत गरिएको थियो। पाहुना टोलि थप अनुसन्धान गर्न फेरि आउने जानकारी समेत दिएका थिए।

प्रतिक्रिया दिनुहोस्