नयाँ सोँच युवा समुहको पाँचौँ बार्षिक उत्सवमा शितगंगा निमावि नगरस्तरिय हाजिर जवाफ प्रतियोगिता सम्पन्न(तस्विर सहित)

| २०८० जेठ १४ गते १८: ३७ मा प्रकाशित

झनक केसि,शितगंगा। नयाँ सोच युवा समूह शितगंगा भुवनपाटाद्वारा नि.मा.वी.तहको नगर स्तरिय हाजिर जवाफ प्रतियोगितामा सम्पन्न भएको छ ।

नगर स्तरिय हाजिर जवाफ प्रतियोगिता

प्रतियोगितामा १० टिमले सहभागिता जनाएको थियो।जसमध्ये प्रथम-शान्ति आधारभुत बिद्यालय द्वितिय-ज्योती माध्यामिक बिद्यालय र तृतीय-दक्सुपाटा आधारभुत बिध्यालय भएका छन् ।

प्रथम-शान्ति आधारभुत बिद्यालय 

आयोजका अनुसार २ दिन सञ्चालन हुने प्रतियोगितामा आज हाजिर जवाफ सम्पन्न भएसङ्गै भोलि स्लो वाइक रेस प्रतियोगिता हुनेछ।

हाजिर जवाफ सम्पन्न,द्वितिय-ज्योती माध्यामिक बिद्यालय

कार्यक्रमकको अध्यक्ष नया सोच युवा समुहका अध्यक्ष गोबिन्द चुदालिको अध्यक्षतामा प्रमुख अतिथी नगर प्रमुख छबिलाल पौडेल,बिशिस्ट अतिथी वाड न २ का अध्यक्ष राम बहादुर गोर्खा,अतिथीहरु कार्यपालिका सदस्य चुरा बहादुर बिक,वाड सदस्यहरु,विभिन्न पार्टिका प्रतिनिधि समाजसेवि स्थानियहरु विभिन्न बिद्यालयका गुरुहरु,संघ सस्थाका प्रतिनिधिहरु पत्रकार लगाएत बिध्यार्थिहरुको उपस्थितिमा सस्थाको पाचौ बर्षको उपलक्ष्यमा ५ ओटा क्यान्डिल बालेर नगर प्रमुख द्वारा उद्घाटन गरिएको थियो।

क्यान्डिल बालेर नगर प्रमुख द्वारा उद्घाटन

कार्यक्रम अराज बेल्बासेको सन्चालनमा केशब घिमिरेको स्वागत मन्तव्यमा  हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको थियो ।

हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

भोलि बिहान शितगंगा २ मा घुम्टिमा रहेको शान्ति आधारभूत विद्यालयको प्राङ्गणमा भईरहेको छ । तिब्र गति जिवनको क्षति सडक दुर्घटना न्युनिकरण प्रोत्साहनको लागि स्लो वाइक रेसको आयोजना गरिएको आयोजकले अर्घाखाँची बुलेटिनलाई जानकारी दिएको छ ।

नयाँ सोच युवा समूह शितगंगा भुवनपाटाद्वारा नि.मा.वी.तहको नगर स्तरिय हाजिर जवाफ प्रतियोगिता

हाजिर जवाफ तर्फ प्रथम हुनेलाई रु १५,००० ट्रफी मेडल र प्रमाणपत्र द्वितीय हुनेलाइ रु १०,००० ट्रफी मेडल र प्रमाणपत्र तृतीय हुनेलाइ रु ५,००० ट्रफी मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

हाजिरी जवाफ प्रतियोगिता

भोलि देख  स्लो वाइक रेसमा क्रमशः प्रथम हुनेलाइ रु १५,००० ट्रफी मेडल र प्रमाणपत्र द्वितीय हुनेलाइ रु १०,००० ट्रफी मेडल र प्रमाणपत्र र तृतीय हुनेलाई रु ५,००० ट्रफी मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

आयोजक

प्रतिक्रिया दिनुहोस्