जिल्ला ट्राफिक कार्यालय अर्घाखाँची द्वारा एकदिने स्वास्थ तथा आँखा प्रशिक्षण सम्पन्न (तस्विर -भिडियो सहित)

| २०८० जेठ २१ गते २२: २१ मा प्रकाशित

झनक केसि 
शितगङ्गा जेष्ठ २१। अर्घाखाँची जिल्ला शितगङ्गा नगरपालिका ठाडामा जिल्ला ट्राफिक प्रहरी कार्यलय आयोजनामा सवारी दुर्घटना न्यूनीकरणका लागि  चालक तथा सहचालकहरुलाई १ दिने आँखा तथा स्वास्थ्य परिक्षण कार्यक्रम आईतवार शितगंगा इप्रका कार्यलयको चेकपोस्ट नजिकै रहेको प्रतिक्षालयमा सम्पन भएको छ । 

चालक तथा सहचालकहरुलाई १ दिने आँखा तथा स्वास्थ्य परिक्षण

ट्राफिक जनचेतना कार्यक्रम अन्तरगत दक्ष तथा मान्यता प्राप्त चिकित्सकद्धारा परीक्षण गरीएको कार्यक्रममा विभिन्न सवारी साधनका १५१ जना चालक र सहचालकहरुको स्वास्थ्य परिक्षण एवं आँखा चेकजाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी सहायक हवल्दार विष्णु केसीले जानकारी दिनुभयो ।

१ दिने आँखा तथा स्वास्थ्य परिक्षण 

प्रशिक्षण कार्यक्रममा इलाका प्रहरी कार्यालय ठाडाका प्रमुख होमनाथ रेग्मी, जिल्ला ट्राफिक प्रहरी कार्यलय अर्घाखाँचीका प्रमुख हरि बहादुर खत्री, ठाडा प्राथमिक स्वास्थ्य केन्द्र अन्तरगत आँखा उपचार केन्द्रका प्रमुख किरण ढुंगाना,अस्थायी ट्राफिक पोष्ट ठाडाका ट्राफिक प्रमुख विष्णु अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

१ दिने आँखा तथा स्वास्थ्य परिक्षण 

पछिल्लो समय जिल्ला ट्राफिक कार्यालयले सवारी दुर्घटना न्युनिकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक जनचेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्नुका साथै जिल्लाका बिभिन्न सडकहरुमा ट्राफिक सचेतनामुलक सम्बन्धी होर्डिङ् बोर्ड राख्ने कार्यलाई तिब्रता दिएसंगै आगामी दिनमा दुर्घटना न्यूनिकरण हुनेमा आम नागरीकले अपेक्षा गरेका छन ।

प्रतिक्रिया दिनुहोस्