अर्घाखाँची को शितगंगामा टिप्पर दुर्घटना : घाईतेलाई बुटवल रिफर

| २०८० भदौ ३ गते १७: ३३ मा प्रकाशित

झनक केसी ,अर्घाखाँची। अर्घाखाँची को शितगंगा नगरपालिका वडा नम्बर ६ खमारीमा टिप्पर दुर्घटना भएको छ।

माटो अनलाेड गर्ने क्रममा तल खसेको हो दुर्घटनामा सहचालक नारायण परियार घाइते भएका छन।

उनको खुट्टामा चोट लागेको र एउटा खुट्टा फ्याक्चर भएको खबर प्राप्त भएको छ। निजलाई थप उपचारको लागि प्राथमिक स्वास्थ केन्द्र ठाडाबाट बुटवल रिफर गर्ने तयारी रहेको इप्रका ठाडाका प्रहरि नायव निरिक्षक शालिकराम खनालले जानकारी दिनु भएको छ।तस्विर -सुचना प्रवाह

प्रतिक्रिया दिनुहोस्