अर्घाखाँचीमा एक दम्पत्तिद्वारा विद्यालयमा अध्ययनरत सबै बालबालिकालाई पोशाक प्रदान

| २०८० भदौ ११ गते १५: २० मा प्रकाशित

पुजा कुँवर ,अर्घाखाँची । शितगंगा नगरपालिका वडा नं. ११ स्थित शम्भु आधारभूत विद्यालय खयरभट्टीमा कक्षा १ देखि ५ सम्म अध्ययनरत सबै विद्यार्थीलाई एक दम्पत्तिले प्रदान गरेको विद्यालय पोशाक वितरण गरिएको छ ।

साविक शितगंगा-११ खयरभट्टी हाल बुद्धभूमि- ९ चौवन्न निवासी देवी प्रसाद बेल्बासे र गायत्रा बेल्बासेको दम्पत्तिले बालबालिकालाई विद्यालय पोशाक सहयोग गर्नु भएको थियो । उहाँहरुले ५० हजार बराबरको सहयोगबाट विद्यालयलाई पोशाक प्रदान गर्नुभएको हो ।

विद्यालयले एक कार्यक्रमको आयोजना गरी उक्त दम्पत्तिद्वारा प्राप्त भएको विद्यालय पोशाक वितरण गरेको विद्यालयका प्रधानाध्यापक टेकलाल शर्माले बताउनु भयो ।

पोशाक वितरणका क्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष कर्ण बहादुर कुँवरले धन्यवाद ज्ञापन गर्नुभएको छ । पूर्व शिक्षक समेत रहनुभएको गायत्रा बेल्बासे र श्रीमान देवी प्रसाद बेल्बासे दुवैलाई सम्झदैं उहाँले धन्यवाद दिनुभयो ।

नयाँ विद्यालय पोशाक पाएपछि अभिभावकसँगै विद्यार्थीहरु निकै खुसी भएका छन । विद्यार्थीहरुले पोशाक वितरणबाट आर्थिकरूपमा विपन्न विद्यार्थीका अभिभावकहरुलाई राहत मिलेको छ ।

गायत्रा बेल्बासे शम्भु आधारभूत विद्यालयको पूर्व शिक्षक समेत हुनुहुन्थ्यो । सामाजिक क्षेत्र विशेष गरी शिक्षा क्षेत्रमा सहयोग गर्न बढी रुची राख्ने उहाँहरुको जोडीले विभिन्न विद्यालयमा यस्तै सहयोग गर्दै आउनु भएको छ ।

त्यस्तै उहाँक श्रीमान देवी प्रसाद बेल्बासे एक राजनितिज्ञ समेत हुनुहुन्छ । विद्यार्थी जिवनकाल देखिनै समाज परिवर्तनका लागि अनवरत रुपमा राजनितिमा सक्रिय हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्