शितगंगामा पास बिना सरकारी सवारी बिदाको दिन दुरुपयोग

| २०८० भदौ ३० गते २१: ०४ मा प्रकाशित

शहरी बिकास तथा भवन कार्यालय रुपन्देहीको बा २ ब ४८२ नम्बरको मोटरसाइकल इप्रका ठाडाले नियन्त्रणमा लिएको छ । ट्राफिक चेकिङको समयमा सनिबार पास बिना प्रयोग गरेको कारण नियन्त्रणमा लिइएको हो ।

चेकिङको समयमा स्थानिय आसिका पोख्रेलले सो सवारीको दुरुपयोग भएको भन्दै नियम अनुसार कारवाही गर्न अनुरोध गर्नु भएको थियो । प्रहरीले सबै सवारीको समान चेक नगरेको गुनासो गर्नु भयो । सनिबारको दिन कार्यलयले पास बनाएर मात्र सरकारी साधन चलाउनु पर्ने नियम रहे पनि प्रहरीले कुनै सोधखोज नगर्नु दुखत रहेको उहाँले बताउनु भयो ।

पास नभएका कारण उत्त मोटरसाइकल इप्रका ठाडाको नियन्त्रणमा रहेको ट्राफिक प्रहरी सहायक अजय कुमार गुप्ताले बताउनु भयो ।
लुम्बिनी प्रदेश सहरि बिकास कार्यलयका सुचना अधिकारी अरबिन कुमार मण्डलले यस कार्यलय मातहत काम कर्मचारी खासगरि प्राबिधिकहरु सनिबार पनि काममा खट्नु पर्ने कार्यालयको नियम रहेको बताउनु भयो ।

अर्घाखाँची भर टेक्निकल अफिसमा एक जना मात्र कर्मचारी रहेकोले निमार्ण कार्य अबलोकनमा बिदाको दिन पनि हिड्नै पर्ने बाध्यता रहेको बताउनु भयो तर आज उत्त सवारी कार्यलयका कर्मचारीले नभइ अन्य ब्यत्तीले चलाएको पाइएकोले यो गलत भएको बताउनु भयो उत्त सवारी कार्यलयका प्राबिधिक झबिन्द्र अधिकारीको जिम्मा भएको तर प्रहरीले अन्य ब्यत्तीले सञ्चालन गरेको अबस्थामा भेट्नु दुरुपयोग नै भएको बताउदै सम्बन्धीत ब्यत्ती सँग स्पस्टिकरण लिने बताउनु भयो ।

पछिल्लो समय स्थानिय तहका सवारीहरुको दुरुपयोग बढी रहेको छ प्रहरीले बिदाका दिन कडाइका साथ सरकारी साधनको पास चेकजाँच नगर्दा यो समस्या बढी रहेको छ ।यता ट्राफिक प्रहरीहरुको चेकिङको समयमा समेत उत्त मोटरसाइकल पेट्रोल राख्न जाँदा कुनै चेक नगर्नु पनि प्रहरीले सरकारी साधनको दुरुपयोगको अनुगमन फितलो गर्ने गरेको एक प्रमाण हो ।

यस्तै उत्त मोटरसाइकल चालक नारायण अधिकारीे नगरपालिका महासंघको कार्यक्रममा गएर आएको बताएको भए पनि अघिल्लो दिन नेपनलगञ्जमा महासंघको कुनै कार्यक्रम नरहेको नगरपालिका महासंघका एक केन्द्रिय सदस्यले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्