ईलाका प्रहरी कार्यालय ठाडामा तीज मिलन कार्यक्रम सम्पन्न

| २०८० भदौ ३० गते २२: ११ मा प्रकाशित

झनक केसि,शितगंगा। अर्घाखाँची जिल्लाकाे शितगङ्गा नगरपालिका वाड न-३ मा रहेको ईलाका प्रहरी ठाडाले सनिबार तिज मिलन तीज मिलन कार्यक्रम गरेको हो।

कार्यक्रममा बाेल्दै इप्रका ठाडाका प्रमुख खेम घर्ति मगरले  हरितालीका तीजको शुभकामना दिदै बर्षको एक पटक आउने महिला हरुको महान चार्ड तीजमा मात्र नभएर महिला कर्मचारीहरुलाई घरमै भएको महसुस गराउने उदेश्यले तिज मिलन कार्यक्रम गरिएको घर्तीले जानकारी दिनुभयो। यो ठाउमा म नया भएकोले एकआपसमा आत्मियता,भाइचारा तथा सद्भाव फैलाउन यो कार्यक्रमको आयोजना गरिएको घर्तिले बताउनु भयो। यो कार्यक्रमले हामिलाई एक आपसमा चिनजान गर्न सजिलो हुने भएकोले यो कार्यक्रम राखिएकको घर्तिले जानकारी दिनुभयो। 

कार्यक्रममा नगर प्रमुख छबिलाल पौडेलको प्रमुख अतिथीमा वाड-३ का अध्यक्ष चिन्ताराज अधिकारी,वाड न-४ का अध्यक्ष दामोदर अधिकारी,विभिन्न पार्टिका प्रतिनिधि समाजका अगुवा,पत्रकारहरुको आतिथ्यतामा कार्यक्रम गरिएको थियो। कार्यक्रममा विभिन्न परिकारका खाना अर्थात दर खाएर तिज गितमा नाच गान गरि कार्यक्रम सम्पन्न गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्