शितगङ्गा नगरपालिका ठाडामा रहेको स्वास्थ्य प्राथमिक केन्द्रमा पानी चुहिएको छतमुनि सुत्न बाध्य बिरामी

| २०८० असोज ८ गते २२: १९ मा प्रकाशित

झनक केसि ,अर्घाखाँची। 
असोज ८ गते- शितगङ्गा नगरपालिकाको ठाडामा रहेको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रको हस्पिटलमा चुहिएको छतमुनि बिरामी सुत्न बाध्य भएका छन।

शितगङ्गा नगरपालिकाको ठाडामा रहेको अस्पतालमा भाइरल,डेंगु र स्क्रब टाइफसका बिरामीको चाप बढेपछि शैयापनि अभाव भएको छ। बिरामी भुइँमै सुतेर उपचार गराउन बाध्य छन् भने स्वास्थ्यकर्मीको संख्या कम हुँदा उपचारमा समस्या भइरहेको छ।

अस्पतालको ओपिडीमा दिनहुँ दुई सयको हाराहारी बिरामी स्वास्थ्य जाँच गराउन आइरहेका छन्। ती मध्ये तीन सय भन्दा बढी ज्वरोका बिरामी रहेको र उनीहरू मध्ये पनि बढीजसो ज्वरो र स्क्रब टाइफसकै बिरामी हुनेगरेको अस्पतालले जनाएको छ। आकस्मिक कक्षमा दिनहुँ ८० देखि १०० बिरामी जाँचका लागि आउने गरेका छन्। भदौ देखि अहिले सम्म आकस्मिक कक्षमा मात्रै ५ हजार  बिरामी जाँचका लागि आएको अस्पतालले जनाएको छ।  

ठाडामा रहेको ठाडा प्राथमिक स्वास्थ्य केन्द्र

स्वास्थ्य केन्द्र प्रमुख डा.सुबेक्षा शर्माका अनुसार दैनिक बिरामिको चाप बढेपछि स्टापको अभाव भएको बताउनु भयो।आकस्मिक सेवामा दैनिक आउने बिरामिहरुमा देखिएको लक्षण सुरुमा जिउ दुख्ने,हातखट्टा करकर खाने, टाउको दुख्ने,आँखाका गेडी दुख्ने, बिस्तारै ज्वरो अत्यधिक आउने, आलस्य हुने र रक्तचाप कम हुने‘धेरैलाई यहि उपचार गरेपनि केहीलाई रिफर गर्नुपरेको छ। डा.शर्माले बताउनु भयो ‘लक्षण देखिएको सात दिनमा सामान्यतया निको हुने बताउनु भयो। तर बिरामिको चाप बढेपछी बिरामिहरु भुईमै सुत्न बाध्य भएका छन। पुरानो भवन चुहिने बिरामी आवत जावत गर्न गाह्रो महसुस भएको छ सम्बन्धित निकाएको छिटै ध्यानाकर्षण हुनु जरुरी छ। बिरामी चाप बढेपछी स्टापको पनि अभाव छ डा.शर्माले बताउनु भयो। आजको दिनमा स्टाफ जम्मा जम्मी १ जना डाक्टर १ जना स्टाफ नर्स ४ जना अहेव ४ जना अनमी १ जना ल्याब असिस्टेन ३ जना कास १ जना एम्बुलेन्स ड्राईभर  गरि जम्मा १५ जना स्टाफ रहेका छन। १ जना एचए दरबन्दी भएपनी अहिले सम्म स्वास्थ्य केन्द्रमा नरहेको। डिजिटल जमानामा बिगत डेड बर्ष देखि अत्यावश्यक रहेको ल्यापको एनालाईजर मेसिनको अभाव रहेको छ। साथै ल्याब असिस्टेन्टको स्ट्टामा ल्याप टेक्सिन राख्ने अनिबार्य राख्नु जन गुनासो आएको छ ।

दैनिक १८० देखि २०० जना बिरामी आउने केन्द्रमा एचको दरबन्दी भएपनी अहिले सम्म नपठाउने नगरपालिकाले कुनै चासो नदिएको  ९८ प्रकार नि-शुल्क औषधिको केन्द्रमा अभाव भएको छ। अन्य स्वास्थ्य चौकिमा भने औषधीको अभाव नरहेको । स्वास्थ्य केन्द्रमा अहिले सम्म डिजिटल एक्सरे अभाव रहेको छ। डा.शर्माका अनुसार गत भदौको पहिलो हप्ता देखि हाल सम्म सम्म डेंगुका ४०% र स्क्रब टाइफसका ६०%  बिरामी फेला परेका छन। 

ठाडा प्राथमिक स्वास्थ्य केन्द्रको हस्पिटल

अस्पताल व्यवस्थापक समितिका अध्यक्ष चिन्ताराज अधिकारिका अनुसार ५ शैयाको अस्पतालमा बिरामी नअटाए पछि भुइँमा म्याट ओछ्याएर सुताइ उपचार गराउनु परेको बताए। ‘बिरामीको चाप अस्पतालको शैयाले नथाम्ने अवस्था छ,’ उनले भने, ‘अस्पतालमै राख्नुपर्ने बिरामीको संख्या बढेका बेला भुइँमै बिरामी राखेर उपचार गराउन बाध्य छौं। केन्द्रमा एउटा एम्बुलेन्स पुरानो रहेको नया एम्बुलेन्स ल्याउने भन्ने निकै चर्चा चलेपनी अहिले सम्म नगरपालिकाले कुनै चासो नदेखाएको अध्यक्ष अधिकारिले जानकारी दिए। 

अस्पतालमा बिरामीको चाप बढेपछि उपचार गर्ने स्वास्थ्यकर्मी समेत अभाव छ। कतिपय स्वास्थ्यकर्मी समेत डेंगुले संक्रमित छन्। अस्पतालमा एकजना डाक्टरले दैनिक दुई सय भन्दा धेरै बिरामी चेकजाच गर्दै आएको अध्यक्ष अधिकारिले जानकारी दिए.।
आकस्मिक कक्षमा २ जना असिस्टेन्ट सहित हेल्थ वर्कर कार्यरत छन। उनीहरु सनिबारपनि डिउटिमा रहेका छन।

ठाडा प्राथमिक स्वास्थ्य केन्द्र..

स्वास्थ्य केन्द्रको भवन पानी पर्दा चुहेर बिरामिहरु एकठाउबाट अर्को ठाउँ लैजानु पर्ने बाध्यता रहेको छ। पछिल्लो समयमा बिरामिको चाप बढेपछी तालिम केन्द्रको हलमा बिरामी उपचार गराउन बाध्य भएका छन । आपत्काल र विरामिको चाप बढ्दा अन्य ठाउमा रहेको स्वास्थ्य शाखाबाट एचएलाई ठाडा केन्द्रमा ल्याउन नगरले पहल गर्नुपर्ने खासै चासो नदेखिएको अध्यक्ष अधिकारिले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्